Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

यी सांसद् जो संशोधन विधेयकमा मतदान गर्न गएनन्

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । व्यवस्थाथिपका संसदमा सोमबार संविधान संशोधनका लागि भएको मतदानमा केही सांसद्हरु अनुपस्थित रहे । प्रमुख दलका सांसद्हरु नै मतदान प्रक्रियामा सहभागी नभएका हुन् । कांग्रेसबाट सांसद गीता वाग्ले अनुपस्थित रहिन् । उनी विदेशमा रहेकाले अनुपस्थित भएको बताइएको छ । कांग्रेसकै कल्पना सोव र कविताकुमारी सरदार अनुपस्थित रहेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । ‘गीता वाग्लेका श्रीमान् बिरामी भएर अस्ट्रेलियामा हुनुहुन्छ, आउनुभएन । कविताकुमारी पनि विदेशमै हुनुहुन्छ रे । कल्पना सोव गृहजिल्लातिरै हुनुहुन्छ भन्ने छ । हामी स्पष्टीकरण लिन्छौं,’ श्रेष्ठले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ-प्रमुख प्रतिपक्षी दल एमालेका तीन सांसद पनि संसद्मा अनुपस्थित रहे । सांसदहरू राज्यलक्ष्मी गोल्छा, नेजमा आलम र बलबहादुर महत अनुपस्थित रहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । अत्यन्त जरुरी काम र बिरामीका कारण तीनजना सांसद अनुपस्थित भएको उनले बताए । सत्तारुढ माओवादी केन्द्रका कृष्ण धिताल, रवीन्द्रप्रताप शाह र योगेन्द्र घिसिङ मतदान प्रक्रियामा अनुपस्थित रहे । माओवादी केन्द्रकी सचेतक सीता नेपालीले सांसद धिताल बिरामी भएको र शाह लामो समयदेखि विदेशमा रहेकाले उपस्थित हुन नसकेको बताइन् । ‘योगेन्द्र घिसिङ पनि उपस्थित हुनुभएन । हामी उहाँसँग स्पष्टीकरण लिन्छौं,’ उनले भनिन् । संघीय समाजवादी फोरम नेपालका सांसद श्रवणकुमार अग्रवाल पनि अनुपस्थित रहे । उनी बिरामी परेकाले उपस्थित हुन नसकेको संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले बताए । सीपी मैनाली नेतृत्वको माले र राप्रपा (प्रजातान्त्रिक)का सांसद्हरुले पनि मतदान प्रक्रियामा भाग लिएनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy