Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बाबुरामलाई कसले बनायो बिचरा !

\"\"काठमाडौं । उपेन्द्र यादवसँगको पार्टी एकीकरण प्रक्रिया अन्त्य गर्नुको भित्री कारण खुलाउँदै बाबुराम भट्टराईले निकटस्थहरुसँग सोही साँझ भने, ‘उताबाट सूत्रले यो प्रक्रिया रोक्नुस्, तपाईंहरुलाई ठूलो घाटा लाग्छ, बच्नुस् भन्ने कुरा आयो त्यसैले सबै कुरा ठूकै चल्दाचल्दै पनि प्रक्रिया छोडियो । सम्भावनालाई अन्त्य गरियो ।’ जनआस्था साप्ताहिकमा खबर छ– नयाँ शक्ति पार्टी सम्बद्ध उच्च स्रोत भन्छ, ‘हो, यही विन्दुबाट नयाँ शक्तिमा गडबडी शुरु भो र यसका लागि जिम्मेवार एकमात्र व्यक्ति स्वयं बाबुरामजी नै हो ।’ उनका अनुसार चाहना राखे र प्रस्ताव गरे अनुसार नै बाबुराम पहिलो दर्जामा, दोश्रो उपेन्द्र, तेश्रो अशोक राई रहने कुरामा सहमति भइसकेको थियो । पहिले बाबुराममा रहेका १० अधिकारमध्ये बैठक बोलाउने, अध्यक्षता गर्नेलगायत चारवटा बाबुरामलाई, ‘दैनिक कार्यसञ्चालनका ६ वटा अधिकार उपेन्द्य्रलार्य दिने कुरा पन िमिलेको थियो । पार्टीको नाम नयाँ समाजवादी पार्टी राख्ने, झण्डा नयाँ शक्तिकै प्रयोग गर्नेमा दुवैपक्ष सहमत थिए । तर, दुई नम्बरको चुनावसम्मका लागि चाहिँ ‘नयाँ समाजवादी फोरम’ भनेर पार्टीको नाम राख्नेमा दुईमत थिएन । एकीकरण पनि बराबर अर्थात् फोरमका १६ जना पदाधिकारी भएकाले यताबाट पनि १६ जना नै राख्ने, अथवा तीन जना शीर्ष नेताको पदाधिकारी समिति बनाएर अरुलाई राजनीतिक समितिको नाममा बराबर संख्इामा राख्ने विकल्पमा पनि कुनै विवाद बाँकी थिएन । तर, एक्कासि बाबुरामले युटर्न गरेपछि सबै प्रक्रिया भाँडियो । नयाँ शक्तिका अरु नेताहरुले यो राष्ट्रिय एकता हो, हल्का रुपमा लिनहुँदैन भनेर एकताको पक्षमा जोड लगाइरहेका थिए । यो एकीकरणलाई उत्तर र दक्षिण दुवैले रुचाउँदैनन्, भाँड्न सक्छन् भनेर पटक–पटक पूर्वमाओवादी कित्ताबाट बाबुरामलाई एकीकरणका लागि सकारात्मक बन्न आग्रह गरिएको थियो । उनीहरुले ‘प्रो नेपाली भएर काम गरौं’ भनेका थिए । स्रोतका अनुसार पछि पार्टी बैठकमा बाबुरामले पूराका पूरा एकताको विरुद्धमा ब्रिफिङ गरेका थिए जबकि त्यो सब झूटो थियो । उनले त्यो बेला थोरै पनि राजनीतिक इमान्दारिता कायम नराखेकोमा भने सबै चकित छन् । उनले भनेका थिए, ‘उपेन्द्रलाई अध्यक्ष मान्दा पनि एकीकरण भएन । ल भन्नुस्, उपेन्द्रलाई सवोच्च मानेर जान सकिन्छ ?’ हलको जवाफ थियो, ‘सकिन्न !’ तर कुरा त्यस्तो थिएन । उनले फोरमले पार्टीको नाम पनि फोरम नेपाल, झण्डा पनि उनीहरुकै, वैकल्पिक नीति नमान्ने, परम्परागत ढंगले जानुपर्ने अडान राखेपछि कुरा टुंगिएको भन्दै व्याख्या गरे । त्यहाँ उनले वार्तामा सक्रिय रहेका रामचन्द्र झा, देवेन्दल्र पौडेल र खिमलाल देवकोटाको पनि उछितो काढेका थिए । ‘यस्तो कुरा मानेर एकता गरौं भन्ने कस्ता बेवकूफ रहेछन् साथिहरु ! मत छक्क परेको छु’, बाबुरामले भनेको श्रोत बताउँछ । ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending