Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रधानमन्त्री देउवालाई भारतीय नेताको सुझाब : निर्वाचनमार्फत लोकतन्त्र सुदृढ गर्नुहोस्

\"\"काठमाडौं । भारतका विभिन्न राजनीतिक दलका नेताले आसन्न निर्वाचनमार्फत नेपालमा लोकतन्त्र सुदृढ होस् भन्ने शुभकामना दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहान राष्ट्रपतिभवनमा खाजासहितको भेटवार्तामा उनीहरूले नेपालको शान्ति र स्थिरताका लागि भारतबाट हरसम्भव सहयोग हुने बताएका हुन् । संविधान संशोधनमार्फत सबैलाई लिएर जाने देउवाको प्रयासलाई सराहना गरेका उनीहरूले प्रान्त र केन्द्रीय संसद्को निर्वाचनपछि धेरै समस्या समाधान हुने विश्वाससमेत गरेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री हैदराबाद जानुअघि शुक्रबार बिहान भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादव, सोही दलका उपाध्यक्ष केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदोरिया, सांसद डिपी त्रिपाठी, राष्ट्रिय स्वयंसेवक संघका नेता इन्द्रेस कुमारले सामूहिक भेटवार्ता गरेका थिए । येंचुरीले लोकतान्त्रिक आन्दोलनमा सहभागी सबै दलबीच साझा समझदारी बनाएर लोकतन्त्र संस्थागत गर्नुपर्ने सुझाब दिएका थिए । दोस्रो जनआन्दोलनका समर्थक तथा दिल्लीमा भएको १२बुँदे समझदारीका सूत्रधारमध्येका एक येंचुरीले कांग्रेस, एमाले, माओवादीसहित परिवर्तनकारी दलहरू लोकतन्त्र संस्थागत गर्न एउटै ठाउँमा उभिनुपर्ने सुझाब दिएका हुन् । यसमा देउवाले सहमति जनाउँदै सक्दो प्रयास आफूले गरिरहेको बताएका थिए । इन्द्रेसले नेपालमा बढिरहेको धर्मान्तरणमा चासो राखेका थिए । उनले नेपाल र भारतबीच जनस्तरको सम्बन्धलाई विकास र समृद्धिमा बदल्नुपर्ने पनि बताएका थिए । भदोरियाले देउवाको नेतृत्वमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहेको बताए । ‘आगामी निर्वाचनमा सबै पक्ष सहभागी हुने वातावरण देउवाजीको कुशल नेतृत्वमा तयार भएको छ, अब नेपालको लोकतन्त्र सुदृढ हुन्छ भन्नेमा हामी विश्वस्त छौँ भन्ने कुरा मैले राखेँ,’ उनले नयाँ पत्रिसकासँग भने । कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग लामो समय संगत गरेका भदोरियाले संविधान संशोधन नभए पनि निर्वाचनको माहोल बनेको र निर्वाचनमार्फत सबैका आकांक्षा सम्बोधनको प्रयास भए नेपाललाई फाइदा हुने उनको सुझाब थियो । त्यागीले नेपाल र भारतबीच बाँध र बाढीका समस्याबारे समाधान हुनुपर्ने बताएका थिए । ‘मैले नेपालको शान्ति, स्थिरता र लोकतन्त्रको सुदृढीकरणको कुरा गरेँ, योभन्दा पनि बिहार र नेपालबीच बाढी नियन्त्रणका विषयमा तत्कालै कदम चाल्नुपर्छ भन्ने विषय राखेको छु,’ उनले नयाँ पत्रिकासँग भने । बिहारका मुख्यमन्त्री नीतीश कुमार अध्यक्ष रहेको जेडियूका नेता त्यागीले बाढी नियन्त्रण, बाँध नियन्त्रणलगायतका विषयमा समाधानमुखी छलफल गर्न मुख्यमन्त्री नीतीश तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवालाई शनिबार मुख्यमन्त्री नीतीशले बोधगयामा भेटेर यसबारे थप छलफल गर्ने त्यागीको भनाइ छ । एमालेका कारण संविधान संशोधन भएन : देउवा प्रधानमन्त्री देउवाले निर्वाचनमा सबै पक्ष सहभागी हुने वातावरण निर्माण गरेको र नयाँ म्यान्डेटका आधारमा सबै समस्या समाधानको पहल हुने बताएका थिए । उनले एमालेका कारण संविधान संशोधन हुन नसकेको, तर लोकतान्त्रिक पक्षधर दलहरूले दुईतिहाइ मत ल्याउन सके संशोधन हुने उल्लेख गरेका थिए । बैठकमा सहभागी उनकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु देउवा राणाले पनि प्रधानमन्त्रीले गरेका प्रयासबारे बताएकी थिइन् । प्रधानमन्त्री देउवालाई बिहीबार बेलुकै भेटेका कांग्रेस अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधामन्त्री डा. मनमोहन सिंहले पनि निर्वाचन सफलताका लागि शुभकामना दिएका थिए । बिहीबार राति नेपाली राजदूत दीपकुमार उपाध्यायले दिएको रात्रिभोजमा पनि भारतीय नेताहरूले निर्वाचनमार्फत नेपालको लोकतन्त्र संस्थागत होस् भन्ने कामना गरेका थिए । कांग्रेस नेता डा. करण सिंह, भाजपा नेता जगदम्बिका पाललगायतले निर्वाचनका लागि देउवालाई शुभकामना दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy