Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जनप्रतिनिधिको बदमासी : १७ वर्षअघि मृत्यु भएकालाई जिउँदो ठहर्याए

\"\"दमक । झापा गौरादह नगरपालिकाका वडाध्यक्ष र वडासचिवले १७ वर्षअघि निधन भइसकेका व्यक्तिको नाममा सर्जमिन मुचुल्का तयार पारेको पाइएको छ । गौरादह–६ हेंगाटोलीमा इँटाभट्टा स्थापनार्थ गाउँलेको मञ्जुरी लिने क्रममा निधन भइसकेका र आँखा नदेख्ने व्यक्तिका नाममा मुचुल्का तयार पारिएको हो । आजको कान्तिपुरमा खबर छ– वडा ६ का वडाध्यक्ष खड्ग पराजुली र वडासचिव खेमनाथ संग्रौलाले उनीहरुको सर्जमिन गरेका हुन् । इँटाभट्टा स्थापनाका लागि उद्योग विकास शाखामा सर्जमिन मुचुल्कासहित सिफारिस गरी पठाउने क्रममा निधन भइसकेका व्यक्तिको समेत सर्जमिन गरेका हुन् । हेंगाटोली निवासी धामीलाल ताजपुरियाको २०५६ चैत ११ गते निधन भएको थियो । ०५७ वैशाख ४ गते तत्कालीन कोहबरा गाविसले प्रदान गरेको मृत्यु दर्ता प्रमाणपत्र अनुसार ताजपुरियाको ६३ वर्षको उमेरमा निधन भएको थियो । तर, वडासचिव संग्रौलाले तयार पारेको सर्जमिन मुचुल्कामा ताजपुरियाको उमेर ५८ वर्ष उल्लेख छ । सर्जमिन पत्रमा ताजपुरियाको नाममा औंगाछाप लगाइएको छ । यस्तै आँखा नदेख्ने स्थानीय नयाँलाल ताजपुरियालाई पनि सर्जमिनपत्रमा हस्ताक्षर गराइएको छ । आँखा नदेख्ने ताजपुरियालाई ललाइफकाई झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोप स्थानीयवासीले लगाएका छन् । उनको नाममा पनि ल्याप्चे लगाइएको छ । वडासचिव संग्रौलाले सर्जमिन मुचुल्का उठाउने क्रममा ‘म फलानो, म फलानो’ भन्दै आएकाले उक्त आधारमा सर्जमिन गरेको जवाफ दिए । टेलिफोनमा कुराकानी गर्ने क्रममा उनले लामो बोल्न चाहेनन् । उनले एउटै नामका अर्का व्यक्ति पनि हुन सक्ने दाबी गरे । पुन: सम्पर्क गर्दा सचिव संग्रौलाले मोबाइल ‘अफ’ गरेका थिए । सचिवले स्थलगत रूपमा गरेको सर्जमिन मुचुल्कासहित सिफारिस उद्योग विकास शाखामा पठाएका वडाध्यक्ष पराजुलीले भने आफू त्यस विषयमा अनभिज्ञ रहेको बताए । ‘मलाई यस विषयमा केही थाहा छैन । सचिवज्यूले स्थलगत सर्जमिन ल्याउनुभएको थियो । मैले त्यही मुचुल्कालाई भद्रपुर पठाइदिएको हुँ’, उनले भने । मृतक धामीलालका छोरा गोपाल ताजपुरियाले सचिवले आफूखसी नाम लेखेर सर्जमिन मुचुल्का उठाएको बताए । उनले १७ वर्षअघि निधन भइसकेका बुबाको नाम मुचुल्कामा देखेपछि छक्क परेको बताए । ‘म गौरीगन्ज बजार गएको थिएँ । सचिवज्यूहरू आउनुभएको रहेछ । खोई, कसकसलाई सोधेर बुबाको नाम पनि मुचुल्कामा राख्नुभएको हो’, उनले भने । नगरपालिकाका मेयर रोहितकुमार साहले निधन भएका व्यक्तिको नाममा सर्जमिन मुचुल्का गरेको बारे आफूलाई पनि केही थाहा नभएको बताए । उनले सचिवलाई नगरपालिकामा बोलाएर तत्कालै बुझ्ने बताए । ‘म तत्कालै बुझ्छु, सचिवले गल्ती गरेका हुन् कि होइनन्,’ उनले भने, ‘यस विषयमा मलाई अरू केही थाहा छैन ।’ स्थानीय श्रीप्रसाद राजवंशीका अनुसार १ सय ५ घरधुरी रहेको गाउँमा धामीलाल ताजपुरिया नामको अर्को व्यक्ति नहरेको बताए । उनले भने, ‘हाम्रो गाउँमा धामीलाल भन्ने एक जना मात्र थिए । उनको १७ वर्षअघि निधन भइसकेको छ । उनको मृत्यु दर्ता प्रमाणपत्र यही हो । सचिवज्यूले गल्ती काम गर्ने क्रममा झन् ठूलो गल्ती गर्न पुगे ।’ उनले स्थानीयको वास्तविक परिचय नखोज्नु, बजार र बाटोका बटुवासँग सोधपुछ गरेर सर्जमिन मुचुल्का तयार पार्दा यस्तो अवस्था आएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy