Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मोहनविक्रम, मोहन वैद्य र विप्लव पार्टी एकताका लागि छलफल गर्दै

\"\"काठमाडौं । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच ध्रुवीकरण र एकताका लागि छलफल सुरु भएको छ । क्रान्तिकारी धारको प्रतिनिधित्व गर्दै तीन पार्टी ध्रुवीकरण हुँदै एकतामा जान लागेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– वैद्यले मोहनविक्रमनिवासमा गत साता एकताका लागि पहिलोपटक प्रस्ताव लिएर गएका थिए । दुई नेताबीच भएको भेटमा छलफल र बहसलाई जारी राख्ने भन्दै छुट्टिएको क्रान्तिकारी नेकपा माओवादी प्रवक्ता हरिभक्त कँडेलले बताए । तर, विप्लव र वैद्यले एकआपसमा एकताका लागि एकअर्कोले अपिल गर्दै आएका छन् । पछिल्लो समय वैद्य क्रान्तिकारी शक्तिसँग ध्रुवीकरण र एकताका लागि बाक्लै भेटघाट गर्न थालेका छन् । कँडेलले संसद्वादी शक्तिहरू बलिया हुँदै गएपछि क्रान्तिरकारी शक्ति कमजोर हुँदै गएको ठहर गर्दै केन्द्रीकृत र धु्रवीकृत हुन थालेको बताए । क्रान्तिकारी माओवादीले क्रान्तिकारी शक्तिहरूबीच पार्टी एकतामा जाने भन्दै गत महिना केन्द्रीय समिति बैठकबाट ६ आधारभूत सिद्धान्त पास गरेको थियो । जसमा माक्र्सवाद, लेलिनवाद, माओवाद मान्ने, वर्तमान संविधान नमान्ने, सरकारमा नजाने, बल प्रयोगको सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता र जनवादी कार्यदिशा भएका पार्टीसँग एकता हुन सक्ने प्रस्ताव अगाडि सारेको थियो । सोही अवधारणाअनुसार वैद्य, मोहनविक्रम, विप्लवलगायत साना क्रान्तिकारी पार्टीसँग एकताका लागि छलफल अगाडि बढाइरहेको नेता कँडेलले बताए । वैद्य र विप्लवबीच पार्टी एकताबारे नियमित कुराकानी र छलफल भइरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्र्र्रीय सदस्य गुणराज लोहनीले बताए । जनवादी क्रान्तिका लागि सबै क्रान्तिकारी शक्तिसँग धु्रवीकरण हुँदै जानुपर्ने नेकपा पार्टीको केन्द्रीय समितिले पनि पास गरेको थियो । तर, लोहनीले तत्काल पार्टी एकता नभए पनि कार्यगत एकतालाई बलियो बनाउँदै जान सक्ने आधार देखिएको बताए । देउवाको भारत भ्रमणअघि नै संयुक्त ज्ञापन–पत्र पेस प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जानुअघि सात क्रान्तिकारी पार्टीले भारतसँग भएका असमान सन्धि–सम्झौता खारेज गर्न संयुक्त ज्ञानपन–पत्र दिएका थिए । उक्त ज्ञापन–पत्र मोहन वैद्य ‘किरण’, मोहनविक्रम सिंह, नेत्रविक्रम चन्द विप्लवलगायत सात पार्टीले दिएका थिए । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत भारतले बनाएका बाँधका कारण डुबान भएकाले नेपाललाई क्षतिपूर्ति दिन उक्त ज्ञापन–पत्रमा उल्लेख थियो । यसपटकको भारत भ्रमणमा देउवाले पुराना सन्धि–सम्झौताको नवीकरण गर्ने आंशकामा सचेत गराउन संयुक्त ज्ञापन–पत्र दिएको कँडेलले बताए । ३२ वर्षपछि वैद्यको पार्टी एकता प्रस्ताव ०४० सालमा नेकपा चौथो महाधिवेशन पार्टीबाट महोनविक्रम सिंहबाट निर्मल लामा छुट्टिएका थिए । आधारभूत सिद्धान्त र सांगठनिक संरचनामा विवाद हुँदा लामा र सिंह छुट्टिए । ०४२ सालमा मोहनविक्रमबाट मोहन वैद्य ‘किरण’ पनि छुट्टिए । पार्टी फुटेपछि वैद्यले मोटो मशाल पार्टी गठन गरे । मोहनविक्रमले पातलो मसाल गठन गरे । पार्टीबाट अलग भएको ३२ वर्षपछि वैद्य पार्टी एकताका लागि मोहनविक्रमलाई प्रस्ताव लिएर गएका हुन् । वैद्य १० वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियासम्म आइपुगे । तर, मोहनविक्रमले पार्टीलाई अर्धभूमिगत रूपमै क्रान्तिकारी धार जोगाइराखे । पछिल्लो समय संसद्वादी पार्टी बलियो हुँदै गएपछि क्रान्तिकारी धार बलियो बनाउन वैद्य मोहनविक्रमसँग एकताको प्रस्ताव लिएर गएका हुन् । तर, विप्लवले वैद्यसँग ८ मंसिर ०७१ मा अलग भई नेकपा माओवादी पार्टी गठन गरे । अहिले नेपाल कम्युनिस्ट पार्टी नाम राखेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy