Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

जब जनतासँगै राजा पनि प्रदर्शनमा उत्रिए…

\"\"एजेन्सी । स्पेनको बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय पनि सहभागी भए । सन् १९७० को दशकमा स्पेनमा राजतन्त्र पुनर्बहाली भएपछि प्रदर्शनमा सहभागी हुने फेलीपे छैठौं पहिलो राजा हुन् । सन् १९७५ मा तत्कालीन सैनिक तानाशाहको मृत्यु भएपछि स्पेनमा राजतन्त्रको पुनर्बहाली भएको थियो । लस र्‍याम्ब्लसमा गराइएको आक्रमणमा परेकालाई सहयोग गर्ने आपतकालीन सेवाकर्मी र पसलेहरुले पनि प्रदर्शनमा सहभागिता जनाए । अघिल्तिरको पंक्तिमा \"म डराएको छुइनँ\" लेखिएको ठूलो ब्यानर पछाडि दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका थिए । स्वायत्ताको माग गर्दै लामो समयदेखि भइरहेको संघर्षमा प्रयोग गरिँदै आएको क्याटालोनियाको सयौं झण्डाका पछाडि राजा र प्रधानमन्त्री देखिएका थिए । कतिपय प्रदर्शनकारीले मुस्लिमहरुसँग घुलमिल नरुचाउने कार्यको निन्दा गरिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी राजातिर सिठी बजाउँदै केही प्रदर्शनकारीले \'बाहिर\' भनेका थिए । क्याटालोनियाले आउँदो अक्टोबर महिनामा मान्यता नपाएपनि स्वतन्त्रतामाथि जनमत संग्रह गराउँदैछ । प्रधानमन्त्री राखोयले क्याटालोनिया र स्पेनका बाँकी भाग \'आतंकवादविरुद्ध एकढिक्का रहेको देखाउन सबैलाई\' प्रदर्शनमा सहभागी हुने प्रोत्साहित गरेका थिए । यही अगस्ट महिनाको १७ तारिख हिँडिरहेका मानिसहरुमाथि भ्यान जोताइएको थियो । तथाकथित इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको थियो । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies