Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रतिस्पर्धाको इतिहास बनाउँदै माओवादी , नेता छान्न अखिलमा निर्वाचन

\"\"काठमाडौं । १० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको सहायक संगठन र भ्रातृ संगठनहरूको नेतृत्व चयन सहमतिको नाममा मनोनीत गर्दै आएको थियो । माओवादी केन्द्रनिकट विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको छ । अाजको राजधानी दैनिकमा खबर छ– २०५२ सालमा माउ पार्टी नेकपा माओवादीले सशस्त्र विद्रोह थालेयता हालसम्म पार्टीका दुईवटा महाधिवेशन भएका छन् । दुईमध्ये एउटा महाधिवेशन भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले काठमाडौंमा गरेको थियो । सो महाधिवेशनले समेत सहमतिमै नेतृत्व चयन गरेको थियो । पछिल्लोपटक हेटौंडामा सम्पन्न महाधिवेशनले समेत पुष्पकमल दाहाल नेतृत्वमा सिंगो केन्द्रीय समिति सहमतिकै आधारमा चयन गरेको थियो । माओवादी केन्द्रका एक सहायक संगठन (वाईसीएल), प्रमुख र सहायक गरी २१ भ्रातृ संगठन छन् । ती सबैमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएका छन् । क्रान्तिकारीको यो २१औं एकता महाधिवेशन हो । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । पार्टी सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने पार्टीको अबको गन्तव्यसमेत यो निर्वाचनले निर्धारण गर्ने बताउँछन् । ७ भदौदेखि जारी राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार (आज) निर्वाचनको कार्यतालिका छ । निर्वाचन समिति संयोजक रमेश मल्लले मंगलबार निर्वाचनको कार्यतालिका भए पनि उम्मेदवारहरूको मनोनयन धेरै भएको र प्राविधिक विषय मिलाउँदा ढिला हुन सक्ने सम्भावनासमेत रहेको बताए । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्याल छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy