Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

हरिवंशको बक्सिङले मेरो नाकै फुट्यो : किरण केसी

\"\"किरण केसीको कलाकारिता जीवन तीन दशक हाराहारीको छ । धेरै फिल्म, टेलिफिल्म र स्टेजमा उनले प्रस्तुति दिएका छन् । उनको अभिनय हास्यव्यंग्यमा बढी जमेको छ । हँसाएरै उनले दशकौँ समय बिताए । यो अवधिमा तीता–मीठा धेरै अनुभव सँगाले । कतिपय अनुभव भुलेर पनि भुल्न नसक्ने खालका हुन्छन् । केसीका जीवनमा पनि यस्ता थुप्रै अविस्मरणीय घटना छन् । अाजको नयाँ पत्रिकामा प्रकाशित उनको जीवनका अविस्मरणीय घटना : बोल्दाबोल्दै डाइलग गायब ०७१ सालतिरको घटनाजस्तो लाग्छ । जे होस्, धेरै पुरानो होइन । भैरहवा महोत्सवमा हँसाउन पुगेका थियौँ । दर्शक हँसाउन शिवहरि पौडेल र म स्टेजमा थियौँ । कार्यक्रम सुरु भयो । दर्शक खुब हाँसिरहेका थिए । तर, डाइलग बोल्दै र हँसाउँदै जाँदा मैले त बीचको डाइलग नै भुलेँ । फसादै भयो, सम्झिन खोजेँ, तर स्मरण नै भएन । दिमाग त पूरै शून्य भयो । तर, डाइलग भुल्दैमा स्टेज छाड्न मिल्ने थिएन, जे पायो त्यही भन्न पनि मिल्थेन । मैले तत्काल जुक्ति लगाएँ । अब आफू पनि हाँसेर दर्शक हँसाउनुको विकल्प छैन । म डाइलग नभनी हाँस्न थालेँ । अगाडि एक लाख दर्शक थिए । झनडै एक मिनेटजति दिमाग शून्य भयो । म निरन्तर हाँसिरहेँ । एक्लै डाइलग अगाडि बढाउन नमिल्ने भएपछि शिवहरि पनि हाँस्न थाले । उनले मेरो समस्या बुझे । झन्डै एक मिनेटपछि झ्वाट्ट डाइलग याद आयो । अनि फेरि डाइलगबाटै हँसाउन सुरु भयो । खासमा त्यो ‘स्वास्थ्य परीक्षण’ भन्ने कमेडीको प्रहसन थियो । डाक्टरको विषयमा बोल्नुपर्ने मेरो रोल थियो । डाइलग भुलेर पनि हाँसोले परिस्थितिलाई सल्ट्याएको त्यो स्टेज कहिल्यै भुल्दिनँ । कलाकारिता जीवनमा सबैभन्दा बढी पीडाबोध भएको पनि त्यही वेला हो । हुन त यसरी डाइलग भुलेर समस्या धेरैलाई पर्ने रहेछ । पछि आफ्नो कहानी सुनाउँदा अरू कलाकारले पनि आफूले भोगेका अनुभव सुनाएका थिए । मुखमा गहना लुकाउनुपर्‍यो गलामा सिक्री र आैँलामा औँठी लगाउने मेरो पुरानै बानी हो । यी गहना प्रायः छुटाउँदिन । बानी परेपछि घडी लगाएजस्तै त हो नि ! झन्डै ७ वर्षअघिको घटना हो । शिवहरि पौडेल र म झापा जाँदै थियौँ, कार्यक्रमका लागि । भोलिपल्टको कार्यक्रमका लागि रातिमा यात्रा गरेका थियौँ । निजी गाडीमा थियौँ । सर्लाहीको लालबन्दी नपुग्दै हाइवेकै होटेलमा खाना खायौँ । खाना खाने क्रममा त्यहाँ मलाई धेरैले चिने । लालबन्दीमा त डाँका लाग्छन् भन्दै शुभचिन्तकले त्यतिखेरै सचेत गराए । जोगिएर जान भने । हामी खाना खाएर हिँड्यौँ । खाना खाने होटेलमा सुनेका कुराले मन दच्किरहेको थियो । कतै डाँकाले आक्रमण गर्ने हुन् कि भन्ने पीर प¥यो । त्यतिवेला मैले सिक्री र औँठी फुकालेर मुखभित्र हालेँ । डाँकाले झट्ट हेर्दा नदेखून् र तारो नभइयोस् भन्ने थियो । त्यसपछि लालबन्दी एरियामा हामी चुपचाप जोडले हुइँकियौँ । कलाकारिताकै यात्रामा जोडिएको यो सन्दर्भ पनि अविस्मरणीय छ । हरिवंशले पन्चले नाकै फ्याक्चर घटना झन्डै १५ वर्षअघिको हो । हरिवंश आचार्यसँग एउटा नाटक खेलेको थिएँ । नाटकको नाम के हो याद भएन । तर, मैले र हरिवंशले बक्सिङ खेल्नुपर्ने सिन थियो । नाटक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद् भवन)मा भएको थियो । नाटकमा अभिनयबारे पहिला रिहर्सल भएको थिएन । हामीले बक्सिङको तयारी गरेका थिएनौँ । सीधै गर्न सकिहालिन्छ नि भन्ने भयो । तर, जब त्यो रोल सुरु भयो, परिस्थिति नसोचेको भयो । एकचोटि हान्ने र छल्ने भन्ने थियो । हरिवंशले बक्सिङ ग्लोबले हान्दा मैले त छल्नै सकेनछु । मेरो त नाकमै पच्याक्क भयो । रगत झरिहाल्यो । दर्शकले खासै मेसो पाएनन् । मैले नाकबाट निस्केको रगत तत्काल सिँगान पुछेझैँ पुछेर हरिको जिउभरि छर्किदिएँ । नाटक गर्दा साँच्चिकै बनेर निम्तिएको यो घटना पनि भुल्न सक्दिनँ । स्टेज छोडेर ट्वाइलेटतिर दौडिएँ यो घटना ५–६ वर्षअघिको हो । प्रज्ञा भवनमा प्रस्तुति दिइरहेको थिएँ । शिवहरि पौड्याल, मनोज आचार्य, सविता गुरुङ र म स्टेजमा थियौँ । त्यो दिन बिहानैदेखि मलाई पखालाले सताएको थियो । तर, पनि गाइजात्राको कार्यक्रम भएकाले सकेसम्म खेल्नै पर्ने थियो । अनि स्टेजमा जाने निर्णय गरेँ । तर, स्टेजमा हँसाउँदै गर्दा ट्वाइलेट लागेर औधी गाह्रो भयो । केहीबेर त खपेँ । तर, धेरैबेर खप्न सकिएन । कुनै विकल्प नै नभएपछि स्टेज छाडेर ट्वाइलेटतिर दौडिएँ । हतार–हतार ट्वाइलेटको काम सकेर फेरि स्टेजमा फर्किएँ । बीचबाट फेरि अभिनय सुरु गरेँ । अडियन्सलाई पत्तै भएन, नाटक नै त्यस्तै होला भन्ने लागेछ क्यारे ! स्टेजका कलाकार साथीलाई त मेरो समस्या थाहै थियो । बैसाखीले हान्दा भिलेनको हात भाँचियो धेरै पहिलेको घटना हो । २०–२२ वर्षअघिजस्तो लाग्छ । ‘गोपिकृष्ण’ फिल्ममा मेरो पनि अभिनय थियो । फिल्ममा भिलेनसँग भिड्नुपर्ने मेरो रोल थियो । तर, म शारीरिक रूपमा अशक्त हुन्थेँ । फिल्ममा मेरी भान्जी (स्वर्गीय सुशीला रायमाझी)लाई भिलेनहरूले अपरहण गर्न खोज्छन् । मेरैसामु भएको यस्तो घटना मामाले स्विकार्ने कुरै भएन । तर, म गोडा भाँच्चिएर बैसाखी टेकेको अवस्थामा हुन्छु । रोल नै त्यस्तै थियो । भान्जीलाई भिलेनहरूले अपहरण गर्न खोजेपछि म सकिनसकी उठेर बँचाउन खोज्छु । यही क्रममा बैसाखीले भिलेनहरूलाई बजाउनुपर्ने थियो । मैले बैसाखी निकालेर भिलेनमाथि प्रहार गरेँ । यो सब नाटकीय नै थियो, तर परिस्थिति त साँच्चिकै भयो । मैले हानेको बैसाखीले जोडले लाग्दा एकजना भिलेनको हातै भाँचियो । ती भिलेन को हुन् भन्ने सम्झना भने अहिले मलाई छैन । नेपालबन्दमा कार्यक्रम गर्नुपर्दा ६ वर्षअघिको घटना हो । हामी केही कलाकार बुटवल गएका थियौँ । महोत्सवकै लागि हो । अघिल्लो दिन बुटवल पुगियो । भोलिपल्ट कार्यक्रम गरियो । तर, कार्यक्रम सकेर हतारमा काठमाडौं फर्किनुपर्ने थियो । हामीले काठमाडौंमा ल्होसार साँझमा हँसाउनु थियो । त्यसको पैसा पनि लिइसकेका थियौँ । त्यसैले बुटवलबाट त्यही दिन नहिँडे हुँदै नहुने थियो । तर, त्यो दिन नेपालबन्द थियो । कसरी काठमाडौं पुग्ने भन्ने डरैडरमा हामी पाल्पाको बाटो फर्किंदै थियौँ । कसैले केही गर्छ कि भन्ने डर हुने नै भयो । त्यसैले समस्या पर्नेजस्तो ठाउँमा हामी एकजना ओर्लिएर केही अगाडि जाने, कुरा मिलाउने अनि यात्रा पार गर्ने गरेका थियौँ । गाडीबाट ओर्लिएर समस्या सल्ट्याउने जिम्माचाहिँ सविता गुरुङको थियो । बल्लतल्ल काठमाडौं आइपुगियो । कलाकारिता जीवनमा भोगेको त्यो कष्ट पनि कहिल्यै बिर्सिन नसक्ने खालको छ । दूधमा ढिका नुन हालेर उमालेछु महिलाहरू सुत्केरी हुँदा गुँद बनाएर खुवाउने चलन थियो, हाम्रोतिर । भाउजू सुत्केरी हुँदा आमाले बनाएर खुवाएको देखेको थिएँ । त्यो गुँद भन्ने चिज ढिका नुनजस्तै देखिन्थ्यो । एकपटक मैले पनि दूधमा गुँद पकाएर खानुपर्‍यो भन्ने योजना बनाएँ, पकाएँ पनि । तर, तयार गरेर खाँदा त पूरै नुनिलो । पछि पो थाहा भयो, गुँद राखेँ भनेर मैले त ढिका नुन पो राखेछु । कलाकारिताबाहिरको यो घटना पनि स्मरणीय छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy