Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मन्त्रीका डेरा खर्चै दुई लाख

\"\"काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई-दुई लाख नगद दिएको छ ।मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वार्टर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख खर्च भएको हो । बाहिर डेरामा बस्ने मन्त्रीहरूले मासिक ४० हजार रुपैयाँ घरभाडाबापत छुट्टै पाउनेछन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– बाहिर बस्ने मन्त्रीहरूले घरभाडाबाहेक बिजुली, पानी र टेलिफोनको रकम बिलअनुसार भुक्तानी पाउनेछन् भने पत्रपत्रिका तथा यातायात सुविधा पनि छुट्टै पाउनेछन् । यसैगरी, राज्यमन्त्रीले मासिक ५७ हजार ७ सय ८० रुपैयाँ बुझ्नेछन् । मन्त्रीहरूको आवास व्यवस्थापनको जिम्मेवारी लिएको भवन निर्माण सम्भार डिभिजन कार्यालय काठमाडौंका लेखा प्रमुख उपसचिव रामकृष्ण पन्थीले डेरा व्यवस्थापनका लागि प्रतिमन्त्री दुई लाख रुपैयाँ वितरण गरिएको जानकारी दिए । क्वार्टर व्यवस्थापनका लागि वर्षभरि विनियोजन गरिएको रकम डेरा व्यवस्थापनमै सकिएकाले थप रकम अर्थ मन्त्रालयस“ग माग गर्नुपर्ने अवस्था आएको पन्थीले बताए । कार्यालयले पुल्चोकस्थित मन्त्री क्वार्टरको साजसज्जा र सामान्य मर्मत तथा रंगरोगनका लागि वार्षिक ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो । वर्षभरिका लागि विनियोजित रकम डेरा व्यवस्थापनमै सकिएको उनले बताए जनाए । कार्यालयका अनुसार मन्त्रीलाई आफू बसेको डेरामा सुरक्षाकर्मीको सानो सेन्ट्री बनाउन एक लाख तथा फर्निचर, खाट र टेबल व्यवस्थापन गर्न एक लाख गरी दुई लाख रुपैयाँ सुरुमै दिइएको हो। पुल्चोकस्थित मन्त्री क्वार्टरमा सुविधासम्पन्न र सुरक्षित आवास बनाइए पनि जम्बो सरकारका राज्यमन्त्रीलाई नपुगेपछि बाहिरै सुविधासम्पन्न डेरा लिएर बस्न भनिएको छ । पुल्चोकस्थित क्वार्टर जम्मा १९ मन्त्रीलाई मात्रै पुग्छ । यसमा पनि एउटा क्वार्टरमा उपसभामुखलाई राख्न थालिएपछि २६ जनामध्ये अहिले पुल्चोकमा १८ जना मन्त्री बसिरहेका छन् । कार्यालयका अनुसार मन्त्रीका लागि बिजुली, फोन र पानीको सीमा तोकिएको छैन । बाहिर बस्ने एक मन्त्रीले मासिक ४० हजार लिटरसम्म पानीको पैसा पाउने गरेका छन् । तिनका लागि सरकारले नै फर्निचर, टेबल र टिभीसमेत दिने गरेको छ । सरसफाइका सामानको पनि बिलअनुसार पैसा दिइन्छ । कार्यालयका अनुसार पुल्चोकमा स्थान नपुगेपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री भीमसेनदास प्रधान, कृषि विकासमन्त्री रामकुमार यादव, खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव, सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, पशुपक्षी विकासमन्त्री शान्तकुमार थारू, जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरी र सिँचाइमन्त्री सञ्जयकुमार गौतम बाहिरै बसिरहेका छन् । प्रधानमन्त्री क्वार्टर व्यवस्थापन गर्न ५० लाख भवन निर्माण सम्भार डिभिजन कार्यालय काठमाडौंका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारको साजसज्जा र व्यवस्थापनका लागि मात्रै ५० लाख विनियोजन गरिएको छ । कोठामा रंगरोगन गर्न तथा कार्पेटिङलगायत कार्य गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको कार्यालयका लेखा प्रमुख पन्थीले जानकारी दिए । यसैगरी, मन्त्रीनिवास पुल्चोकको साजसज्जा र व्यवस्थापनका लागि पनि ५० लाख नै विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy