Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रदेश नं. २ : कांग्रेस–माओवादी तालमेलको गृहकार्य

\"\"काठमाडौं । प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ । दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य भइरहेको छ । विशेष गरी एमालेले जित्ने सम्भावना भएका नगरपालिका र गाउँपालिकालाई तालमेलको प्राथमिकतामा राखिएको छ । आजको कान्तिपुरमा खबर छ– कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्ने बताए । ‘केन्द्रमा त्यस्तो प्रयास भएको छैन, स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल गर्न अधिकार दिइएको छ,’ उनले भने । माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहले तालमेलबारे वार्ता चलिरहेको जानकारी दिए । ‘दुई पार्टीबीच वार्ता भइरहेको छ, तालमेल गर्ने सैद्धान्तिक कुरा भइसकेको छ, कुन–कुन स्थानमा गर्ने भन्नेबारे अन्तिम टुंगो लगाउँदै छौं ।’ दुवै दलमा उम्मेदवारका आकांक्षीको संख्या धेरै भएकाले त्यसलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । कांग्रेसले आइतबारसम्म १ सय १६ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टी संस्थापन उम्मेदवार छनोटमा एकलौटी बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । प्रदेश २ को उम्मेदवारको टुंगो लगाउन पार्टीले महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री विमलेन्द्र निधिसहित प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मा लगाएको थियो । झन्डै २० दिनदेखि उम्मेदवार चयनका लागि कांग्रेसले निरन्तर बैठक राख्दै आएको छ । बैठकमा सहमति भएका स्थानमा समेत पार्टी संस्थापन पक्षले निर्णय परिवर्तन गरी आफ्ना निकटलाई उम्मेदवार बनाएको भन्दै महामन्त्री कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरू शनिबार बैठक छाडेर निस्केका थिए । आइतबार महामन्त्री कोइराला पोखरा गएकाले बैठक बसेन । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलका अनुसार महामन्त्री फर्केलगत्तै बाँकी स्थानको टुंगो लगाइनेछ । उनले सभापति देउवाको निर्देशनअनुसार टुंगिएका १ सय १६ स्थानीय तहका उम्मेदवारको टिकट सम्बन्धित जिल्लाका पार्टी सभापतिमार्फत पठाइएको बताए । पौडेल पक्षले सप्तरी, सिरहालगायत स्थानमा पूर्वसहमति उल्टाउन खोजिएको आरोप लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षबाट उम्मेदवार चयनमा निर्णय लिन पूर्वमहामन्त्री निधिलाई जिम्मा दिएका छन् । धनुषा निवासी निधिले प्रदेश २ मा आफ्नो राजनीतिक प्रभाव बढाउन आफू निकटलाई उम्मेदवार बनाउने काम भएको भन्दै पौडेल पक्षीय नेता चिढिएका हुन् । ‘यसरी गयो भने चुनावलाई नराम्रो असर गर्छ,’ पौडेल निकट एक नेताले भने, ‘१ सय ३६ स्थानमा केही सिट छाडेर सबै आफ्नै पक्षकालाई दिने प्रयास भएको छ ।’ यसैबीच, राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारसम्म ६ वटा जिल्लाबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाएको छ । उम्मेदवार छनोटका लागि स्थानीयस्तरमा ८ वटै जिल्लामा उच्चस्तरीय समितिले काम गरिरहेका छन् । राजपा महासचिव केशव झाका अनुसार ८० प्रतिशतजतिमा सहमति भइसकेको दाबी गर्दै बाँकी मंगलबारसम्म टुंगो लाग्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy