Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी

\"\"काठमाडाैं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ । अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण)मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् । अस्पतालका युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए । अाजको नयाँ पत्रिकामा खबर छ–‘२० रुपैयाँको टिकट काट्न नसक्ने बिरामी पनि उपचारमा आउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य हुन्छन्,’ उनले भने । शौच गरेवापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए । ठगी : आठगुना बढी असुली अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक आठ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँछन् । रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए । ‘रकम संकलन गरेबापत मासिक ८ हजार तलब पाउँछु,’ उनले भने, ‘बिरामी र आफन्तले धेरै गुनासो गर्छन् । आफ्नो जिम्मेवारी हो, पूरा गर्नैपर्छ ।’ उनले एउटै बिरामी दिनमा चारपटकसम्म पिसाब फेर्न आउने गरेको बताए । ‘सुरुमा पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको दुई रुपैयाँ भनेर देख्ने गरी शौचालयमा टाँसेको थिएँ । पछि अस्पतालबाट मलाई स्पष्टीकरण सोधियो । त्यसैले अहिले ५ रुपैयाँ र १० रुपैयाँ लिन थालेको हुँ,’ उनले भने । सुनुवाइ भएन : स्ववियु अध्यक्ष शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसका स्ववियु सभापति मिलन गैरेले पटक–पटक ठगी रोक्ने प्रयास गरे पनि असफल भएको बताए । ‘हामीले प्रशासनसमक्ष शौचालयबाट हुने ठगीलाई रोक्न भनेका थियौँ,’ उनले भने, ‘तर, सुनुवाइ भएन । प्रा.डा. गोविन्द केसीले स्वास्थ्य सेवा सुधारको कुरा उठाउँदै आउनुभयो । तर, उहाँकै रुमअगाडि यसरी बिरामी ठगिएको विषयमा सबै मौन बसे । यसले बिरामी र आफन्तलाई ठूलो समस्या थपेको छ ।’ ‘निर्देशन दिँदा पनि ठगी रोकिएन’ शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा.डा. दीपकप्रकाश महराले शौचालयमा भएको ठगी रोक्न निर्देशन दिए पनि नरोकिएको बताए । उनले भने, ‘पटक–पटक हामीले बिरामी र आफन्तसँग रकम नउठाउन भनेका छौँ । उनीहरूले लिँदैनौँ भन्ने, तर लिने गरेको देखियो । यसलाई रोक्न तत्काल पहलकदमी लिनेछु ।’ शौच गरेकै आधारमा गरिब बिरामी ठगिन नहुने उनले बताए । यस्तो ठगीबारे प्रशासनमा खबर गरेर सहयोग गर्न उनले आग्रह गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy