Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सिरहामा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

\"\"काठमाडौं । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह चुनावका लागि नेकपा माओवादी केन्द्रले सिरहाका अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ । सिरहामा १८ स्थानीय तह छन् । तीमध्ये १३ स्थानीय तहमा उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । लहान नगरपालिकाकाको प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुखमा रिक्मा विश्वकर्मा, धनगढीमाई नगारपालिकाको प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुखमा फुलकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सदस्य तथा २ नं प्रदेश संयोजक विश्वनाथ साहले जानकारी दिए । यसैगरी मिर्चैया नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव, गोलबजार नगरपालिकाको प्रमुखमा देवनाथ साह र उपप्रमुखमा रेशम थापा, सिरहा नगरपालिकाको प्रमुखमा महेश यादव र उपप्रमुखमा रेखादेवी यादव, कर्जन्हा नगरपालिकाको प्रमुखमा गंगा पासवान तथा कल्याणपुर नगरपालिकाको प्रमुखमा प्रकाश महासेठलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए । उनका अनुसार सुखीपुर नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गर्ने विषयमा छलफल भइरहेकोले त्यहाँ पार्टीले उम्मेदवार चयन गरिएको छैन । त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा बालेश्वर साह र उपाध्यक्षमा अनिता यादव, नवराजपुर गाउँपालिकाको अध्यक्षमा रामनारायण दास र उपाध्यक्षमा सोमतिदेवी यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा सत्यदेव यादव र उपाध्यक्षमा ललितादेवी यादव तथा अर्नमा गाउँपालिकाको अध्यक्षमा ठक्कु महतोलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए । त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र साह र उपाध्यक्षमा लीलादेवी परियार, नरहा गाउँपालिकाको अध्यक्षमा दुखमोचन यादव र उपाध्यक्षमा आशादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए । सुखीपुर नगरपालिका तथा औरही, बरियारपट्टी र भगवानपुर गाउँपालिकामा अन्य दलहरुसँग तालमेलका सम्भावना रहेकाले सो स्थानहरुमा तालमेलको आधारमा उम्मेदवार तय गरिनेपनि संयोजक साहले बताए । आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । जिल्लामा कुल २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy