१० बर्ष जनयुद्ध लडेर सत्ता कब्जाको डिलमा पुगेको माओवादीले समेत दुईवटा चुनावमा भाग लिई सकेको छ । माओवादको शब्दकोशमा हुदै नभएको संसदीय चुनावको प्रयोग गर्न खोज्नु नै माओवादी विचारमा देखिएको सबैभन्दा ठूलो बेमेल हो ।१० बर्ष जनयुद्ध लडेर सत्ता कब्जाको डिलमा पुगेको माओवादीले समेत दुईवटा चुनावमा भाग लिई सकेको छ । माओवादको शब्दकोशमा हुदै नभएको संसदीय चुनावको प्रयोग गर्न खोज्नु नै माओवादी विचारमा देखिएको सबैभन्दा ठूलो बेमेल हो । आफूले जित्दा त्यही चुनाव क्रान्तिकारी हुने र हार्दा संशोधनवादी हुने तर्कलाई कसै गरी पनि पुष्टि गर्न सकिंदैन । त्यसकारण फुटेका विभिन्न माओवादी समूहको वर्तमान संविधानसभालाई हेर्ने दृष्टिकोणमा एकरुपता नआएसम्म एकता संभव देखिदैन । आफ्नो संविधानसभाको उपस्थिति सम्पूर्ण रुपमा छोडेर पुनः जनयुद्ध वा जनविद्रोहको नेतृत्व गर्न प्रचण्ड तयार भएमा वा संविधानसभालाई स्वीकार गर्न किरण वा विप्लव तयार भएमा तत्काल एकता सम्भव छ, तर यो विषय फलामको चिउरा चपाउनु सरह कठिन छ । पदीय बेमेल सवै माओवादी समुहमा पदीय व्यवस्थापन एउटा जटिल समस्या बनेको छ । वरिष्ठता र कनिष्ठताको विवाद वडा तहदेखि केन्द्रिय तहसम्म सर्वत्र मौलाएको र व्यवस्थापन गर्न सकिएको छैन् । नेतालाई मन परे एउटा कनिष्ठ तत्काल वरिष्ठ हुन सक्दछ । मन नपरे वरिष्ठको तत्काल घटुव गरिन्छ । एकता पछि यो विवादले पुनः उत्कर्ष रुप लिने छ विगतमा झैं । तलदेखि माथिसम्मको वरिष्ठता र कनिष्ठताको विवाद मिलाउन वसौंवर्स लाग्न सक्ने अवस्था विद्यमान छ । पार्टी सञ्चालन पद्धति नेतादेखि कार्यकर्तासम्म संगठनको सूत्रमा बाँध्ने एउटा निश्चित पद्धतिको अभावमा अहिले सवै माओवादी घटकभित्र हजारौं कार्यकर्ताहरु या त जिम्मेवारी विहिन छन् या जिम्मेवारी पाएकाहरु प्नि कुहिरोको काग झैं भएर बसेका छन् । पार्टी काम गर्ने निश्चित पद्धतिको अभावमा कार्यकर्ताहरुको नेताको मुख ताक्नु पर्ने बाध्यता कायम रहिरहेमा सम्भावित एकता पछि पनि पार्टीभित्र कुनै गति नआउने निश्चित छ । बैचारिक बेमेल मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरिरहेका माओवादी समूहहरु नेपालमा चिनिया शैलीकै नयाँ जनवादी क्रान्तिको वकालत गरिरहेका छन् । त्यति मात्र होइन, जनयुद्धकै निरन्तरताबाट सो क्रान्ति सम्पन्न गर्नु पर्छ भन्ने उनीहरुको दृढ मान्यता देखिन्छ । तर एमाओवादीको हेटौंडा महाधिवेशनले पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी गर्ने भन्ने निष्कर्ष निकालेको छ । दृष्टिकोणमा देखिएको यो भिन्नता समाधान नभएसम्म हुने एकता किमार्थ सक्कली एकता हुन सक्दैन ।
नीतिलाई वेवास्ता गर्दै नेताहरुको मात्र एकता गरिए कुनै बिहान फेरि पार्टी विभाजन निम्तिन सक्दैन भन्ने कुनै ठोस आधार रहँदैन् । अमुक नेताहरुले गाला जोडेर हुने एकता वास्तविक एकता हुन सक्दैन । त्यसकारण लामो वैचारिक बहसबाट नीतिगत निष्कर्षमा पुगेर मात्र एकता प्रक्रिया बढाउनु श्रेयष्कर हुन्छ ।नीति वा नेताको एकता नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले ‘कम्युनिष्ट पार्टी नेता होइन नीति प्रधान हो’ भनेका थिए । नीतिनिष्ठ एकता भएको खण्डमा स्वभाविक रुपमा त्यस्तो एकता चिरस्थायी हुने निश्चित छ । नीतिलाई वेवास्ता गर्दै नेताहरुको मात्र एकता गरिए कुनै बिहान फेरि पार्टी विभाजन निम्तिन सक्दैन भन्ने कुनै ठोस आधार रहँदैन् । अमुक नेताहरुले गाला जोडेर हुने एकता वास्तविक एकता हुन सक्दैन । त्यसकारण लामो वैचारिक बहसबाट नीतिगत निष्कर्षमा पुगेर मात्र एकता प्रक्रिया बढाउनु श्रेयष्कर हुन्छ । एकता पछिको पार्टी प्रचण्डको वा किरणको वा विप्लवको हुने हो ? वा सबैको हुने हो ? यो प्रश्नको सही रुपमा निराकरण हुन आवश्यक छ । विगतमा अभ्यास गरिएको अति केन्द्रिकरण कायम रहेमा एकताको निम्ति सहज वातावरण बन्न मुस्किल देखिन्छ । निष्कर्ष अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुलाई नेपालको वास्तविकतामा लागू गर्न ठूलो वैचारिक वहसको आवश्यकता छ । त्यो आवश्यकता पूरा गर्न कम्युनिष्ट नेता, कार्यकर्ता, शुभचिन्तक, वुद्धिजीवीहरुको बहस र रचनात्मक योगदान आवश्यक छ ।
प्रतिकृया लेख्नुहोस्: