Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

आधार शिविरमा ३ सय बढी आरोही

सोलुखुम्बु, सगरमाथा आरोहणका लागि ४२ समूहका ३५८ आरोही आधार शिविरमा पुगेका छन् । मौसमको अनुकूलता हेरेर आगामी जेठ १ को आसपासमा सगरमाथा आरोहणका लागि ती आरोही आधार शिविरमा पुगिसकेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत गेहेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार आधार शिविरमा पुगेका आरोहीमध्ये १२८ ले अघिल्लो वर्ष आरोहण रद्द गरेका हुन् भने यस वर्ष अनुमति लिएका २३० जना छन् ।

अघिल्लो वर्ष आरोहण अनुमति लिएका ३२६ मध्ये हिमपहिराका कारण ३२५ जनाले आरोहण रद्द गरेका थिए । उनीहरुले लिएको अनुमति पाँच वर्षका लागि मान्य हुने सरकारले निर्णय गरिसकेको छ ।

यस्तै यस वर्ष ल्होत्से हिमाल आरोहणका लागि १२ समूहका ११८ र नुप्त्से हिमाल आरोहणका लागि चार समूहका ३४ आरोही पनि आधार शिविरमा पुगेका छन् । तीनै वटा हिमालको आधार शिविर एउटै रहेकाले अहिले सगरमाथा आधार शिविरमा ५१० आरोही, उनीहरुका आरोहण सहयोगी, भान्छा सहयोगी, भरिया, सम्पर्क अधिकृतलगायत गरी करिब एक हजार ५०० मानिस रहेको पनि सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए ।

सगरमाथा आरोहणका लागि सन् २०१० मा २८ समूहका २३७ , २०११ मा २६ समूहका २५१, २०१२ मा ३३ समूहका ३४१, २०१३ मा ३० समूहका ३४८ र २०१४ मा ३२ समूहका ३२६ जनाले आरोहण अनुमति लिएका थिए ।

अहिले आरोही सगरमाथाको दोस्रो शिविरसम्म पुग्न थालेका छन् । अघिल्लो हप्ता मौसम खराबी र हिमपातका कारण आधार शिविरमा बढेको अन्योल मौसम सफा भएसँगै हटेको छ । अहिले आरोही दोस्रो शिविरसम्म पुग्ने र फर्कने गरिरहेको जनाइएको छ ।

आरोहणका लागि आफ्नो स्वास्थ्यलाई त्यहाँको वातावरण अनुकूल बनाउनका लागि आरोही महिना दिनअघिदेखि आधार शिविरमा पुगेर बस्ने, तलमाथि हिँड्डुल गर्ने तथा दोस्रो शिविरसम्म पुगेर फर्कने गर्छन् । सगरमाथा आरोहणका लागि कम्तीमा चार दिन लगातार मौसम सफा हुनुपर्छ । सोही समय कुरेर आरोहीले आधार शिविरमा रहेका र मौसम अनुकूल भएपछि जेठ पहिलो हप्ताका आसपासमा आरोहण गर्ने श्रेष्ठले बताए ।

naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies