Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

विद्युत् प्रसारण आयोजना निर्माणमा ढिलासुस्ती

चितवन, भरतपुर–हेटौँडा २२० किलोभोल्ट विद्युत् प्रसारण आयोजना निर्माणमा ठेकेदारका कारण ढिलासुस्ती भइरहेको छ ।

ठेकेदारले समयमै काम नथाल्दा आयोजना निर्माणमा ढिलासुस्ती भएको हो । सुरुमा मुआब्जा विवाद र जग्गा अधिग्रहणका कारण दुई वर्ष अलमलिनु परेको थियो । रु डेढ अर्ब लागत भएको उक्त आयोजना आगामी पुससम्ममा सक्नुपर्ने अन्तिम समयसीमा रहेको छ ।

आयोजनाका लागि चितवन र मकवानपुरमा गरी २२६ वटा टावर निर्माण गर्नुपर्ने छ । तर अहिलेसम्म १२० वटाको जग बनाइसकेको र ६० वटा मात्रै टावर खडा गरिएको आयोजनाका इन्जिनियर रमेश घिमिरेले बताए ।

\'आयोजनास्थलमा रहेका ८० प्रतिशत रूख काटेर वनलाई जिम्मा लगाइसकेका छौंँ\' उनले भने ।

चितवन र मकवानपुरको ७४ किलोमिटर क्षेत्रमा विद्युत् प्रसारण लाइन जडानका लागि आयोजनाले काम गरिरहेको छ । यसका लागि चितवनमा ११ कट्ठा नौ धुर र मकवानपुरमा १४ कट्ठा ११ धुर जग्गा अधिग्रहण गर्नुपर्ने घिमिरेले बताए ।

आयोजनाका लागि चितवनका ५० तथा मकवानपुरका १०२ घर भत्काउनुपर्ने भएकाले उनीहरुलाई मुआब्जा दिने क्रम जारी रहेको छ । मकवानपुरमा विवाद हुँदा काम केही ढिला भएको थियो । मुआब्जाका लागि रु २५ करोडको बजेट छ । उक्त रकम प्रशासनमार्फत दिने व्यवस्था छ । अहिलेसम्म आयोजनाले रु नौ करोड प्रशासनलाई उपलब्ध गराएको र करिब रु सात करोड वितरण भइरहेको घिमिरेले बताए । चितवनमा मात्रै करिब रु एक करोड मुआब्जा वितरण भएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए ।

सन् १९९८ देखि निर्माण सर्वे सुरु भएको उक्त आयोजना २००९ मा आएर मात्रै सम्झौता भएको थियो । काम समयमै नसक्दा पटकपटक म्याद थप हुँदै आएको छ । उक्त आयोजनामा भारतीय कम्पनी ‘आइकम’ र चिनियाँ कम्पनी ‘जमजिङ’ले निर्माणको जिम्मा लिएको छ ।

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेल अहिले जिल्लामा १२० केभी प्रसारण लाइन सञ्चालन भइरहेकाले यो नयाँ आयोजना सम्पन्न भएपछि विद्युत् आदानप्रदान र एक देशबाट अर्काे देशमा लेनदेनमा समेत सहयोग पुग्ने बताए ।

naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies