Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

एमाओवादीले बहुमतिय प्रक्रियामा अवरोध नगर्ने

काठमाडौं, सहमतिय प्रक्रियाबाट जनताको संविधान बनाउन भन्दै आन्दोलनको थालनी गरेको एकीकृत नेकपा (माओवादी)ले आउने दिनहरुमा बहुमतिय प्रक्रियाबाट संविधान बनाउन चालिने संविधानसाभाको बैठकमा अवरोध नगर्ने नीति लिने भएको छ । पार्टीका आन्तरिक बैठकहरुमा आन्दोलन पनि नछोड्ने र संविधानसभामा पनि बसी रहनुको औचित्य पुष्टी गर्न नेतृत्वलाई दबाब परेपछि माओवादी खेमामा चलेको छलफलले सत्तारुढ दलहरुलाई बहुमतिय प्रक्रियाबाट अगाडि बढ्न दिने नीति लिन लागेको हो । सत्तारुढ दलहरुलाई संविधानसभामा संविधान निर्माणमा बहुमतिय आधारमा अगाडि बढ्न बाटो खुला गर्दै अवरोध नगर्ने साथै सहमत हुन सक्ने विषयहरुमा सहमति कायम गर्ने र सहमति हुन नसकेका विषयहरुमा नोटअफ डिसेन्ट लेख्दै अगाडि जाने भएको हो । खबरडबलीसँग कुरा गर्दै एमाओवादीका एक पोलिटब्युरो सदस्यले पार्टीको भूमिकालाई स्पष्ट पार्न यसो गर्न लागिएको बताए । उनले भने– ‘दुबै मोर्चामा बस्दा पार्टीको भूमिका कमजोर भयो त्यसैले सत्तापक्षले जस्तो संविधान बनाए पनि बनाउन दिनुपर्छ हामीले सहमति कायम गर्ने विषयमा सहमति कायम गर्ने र विमति भएको विषयलाई नोटअफ डिसेन्ट भनेर जनतामा जानु नै उपयुक्त हुन्छ ।’ एमाओवादी स्रोतका अनुसार संविधानमा असहमत विषयलाई उसले जनताका बिचमा लैजान्छ । आफ्ना एजेण्डालाई जनताका बिचमा लगेर जनताबाट पुन अनुमादित हुने नयाँ रणनीतिक योजनामा छ । खासमा पहिचानको एजेण्डामाथि यथास्थितिबादीले भ्रम छरेको र माओवादीले चिर्न नसकेको एमाओवादीको समिक्षा सहित यस्तो नरम रणनिती निर्माण गरेको हो । संविधानमा संघियताजस्तो मुल मुद्धामा सहमति नजुटेपश्चात माओवादीले शाषकिय स्वरुपमा समेत फरकमत राख्नेछ । यसरी भद्र असहमति राख्ने तयारी गरिरहेको माओवादीले संविधानसभाको बैठकमा भाग लिने या नलिने भन्ने कुरा भने निर्णय गरिसकेको छैन । केही समय अघि सत्तारुढ नेपाली कांग्रेस र एमाओवादीको प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिर्ष तहको बैठकमा पनि संविधानका विवादित मुद्धाहरुमा नोटअफ डिसेन्ट लेखेर अगाडि बढ्ने सहमति कायम भएको नेपाली कांग्रेसका नेताहरुले भन्दै आएका छन् । बालुवाटारमा भएको बैठकमा एमाओवादीले अधिकांश विषयमा सहमति मार्फत अगाडि बढ्ने र असहमत भएको विषयमा भिन्न मत राख्दै आगाडि बढ्ने बताएको थियो । एमाओवादी पार्टीका नेताहरुका अनुसार पार्टीले जनताको चाहनाको सम्मान गर्नका लागि यो नीति लिन लागेको हो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies