Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

रुकुम समाजबाद उन्मुख नमूना जिल्ला बन्ने

\"\" रुकुम । जिल्ला समन्वय समिति रुकुमको पहिलो बैठकले नमूना जिल्ला निर्माण गर्ने निर्णय गरेको छ । समाजवाद उन्मुख, सुशासन, जीवन उपयोगी शिक्षा र गुणस्तरीय भौतिक पूर्वाधारसहितको नमूना जिल्ला निर्माण गर्ने निर्णय गरेको हो । बैठकले दिगो विकास, भ्रष्टाचारमुक्त समाज निर्माण, जनसहभागिता सुनिश्चितता, आवश्यकता अनुसार विज्ञ सहितको अनुगमन कार्य गर्ने निर्णय गरेको छ । संघीयता कार्यान्वयनका लागि संविधान र ऐन नियम अनुसार स्थानीय तहमा समायोजन हुने कार्यालयहरुलाई यथासक्य चाडो क्रियाशिल गराउने निर्णय पनि गरेको जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणी दाहालले बताए। बैठकले साविकको जिल्ला समन्वय समितिको स्रोतलाई दुवै जिल्ला समन्वय समितिलाई बराबरी रुपमा बाँडफाँड गर्न कर्मचारीलाई निर्देशन दिएको छ । यसैगरी, जिल्ला समन्वय समिति पूर्वी रुकुमको बैठकले जिल्ला सदरमुकाम तोक्न सरकारसँग माग गरेको छ । पूर्वी रुकुमकै उपयुक्त स्थानमा सदरमुकाम तोकी सबै प्रकारका सेवा सुचारु गर्ने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरेको छ । पूर्वी रुकुमको सदरमुकाम पनि साविककै रुकुम जिल्ला सदरमुकाममा राख्दा जिल्लाबासी नागरिकलाई असहज भएको भन्दै बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको शहीद कामी बुढाको तस्वीरमा नवनिर्वाचित पश्चिम रुकुमका प्रमुख राजकुमार शर्मा, पूर्वी रुकुमका प्रमुख गजेन्द्रबहादुर ओली लगायतका पदाधिकारीहरुले पालैपालो माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए । पदभार ग्रहणलगत्तै बसेको जिल्ला समन्वय समिति पश्चिम रुकुमको बैठकले नेपालकै प्रथम कम्युनिष्ट शहीद कामी बुढा लगायतका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै आन्दोलनका क्रममा घाइते अपांग तथा वेपत्ताहरु योद्धाहरुप्रति सम्मान तथा शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending