आश्विन १० गते, २०७४ सोमवार 25th September, 2017 Mon१५:२६:०२ मा प्रकाशित
म्याग्दी । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोदेखि यातायातका साधन सञ्चालन हुन थालेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । अक्करे भिरको बीचमा रहेको सडकमा निरन्तर सुख्खा पहिरो खस्दा मर्मतमा ढिलाइ भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए।
गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो । सडक खुलाउन नेपाली सेनाको रोहबरमा विस्फोटक पदार्थ प्रयोग गरेर विस्फोटन गरिएको थियो ।
सडक अवरुद्ध हुँदा मुक्तिनाथ तीर्थयात्रा, कागबेनीमा सोह्रश्राद्ध गर्न र मुस्ताङ भ्रमणमा जाने आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा पर्नुका साथै मुस्ताङमा उत्पादित स्याउ, आलु, तरकारी र दशैँका लागि भेडाच्याङ्ग्रा बजारमा पठाउन समस्या भएको थियो । बर्षा रोकिएपछि पहिरो खस्ने क्रम कम भएको र सो ठाउँको सडक फराकिलो बनाएर नियमित सिधा यातायात सञ्चालनको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए। रासस
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: