Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सुदूरपश्चिम 

\"\"बैतडी । पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्यमा कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो । यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेस्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७÷६८ मा बैतडी ६८औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १०औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए। स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनका आधारमा मूल्यांकन गरिएको हो ।” केही वर्ष अगाडि स्वास्थ्य सूचकांकमा खस्किँदै गएको सुदूरपश्चिम पछिल्लो समयमा स्वास्थ्यकर्मी र समुदायको सक्रियतामा स्वास्थ्य सूचकांकमा सुदूरपश्चिमका जिल्लाहरु उत्कृष्ट हुँदै आएका उनको भनाई छ । सुदूरपश्चिमले स्वास्थ्य सेवामा जति फड्को मार्नुपर्ने हो त्यति फड्को मार्न नसकेकोे डा अवस्थीको भनाइ छ । भौगोलिक विकटता, चाहिनेजति स्वास्थ्यकर्मीको आपूर्ति नहुनु र समयमै औषधिलगायतका सामग्री नपुग्नु मुख्य कारण रहेको छ । मन्त्रालयले विभिन्न मापदण्ड तयार गरी उत्कृष्ट जिल्ला छनोट गरेको जनाएको छ । देशभरिमा सुर्खेतले ८९ दशमलव ८ अंक सहित पहिलो जिल्ला बनेको छ । तेस्रो स्थानमा प्यूठान, चौथोमा ललितपुर, सातौँमा दाङ र पाल्पा आठौँ नम्बरमा परेको छ भने रोल्पा नवौँ नम्बरमा पर्न सफल भएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने मूल्यांकनमा आव २०७१÷७२ र २०७२÷७३ मा लगातार सुदूरपश्चिमका पाँचवटा जिल्ला उत्कृष्ट १० जिल्लामा परेका थिए । पछिल्लो पाँच वर्षयता सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको छ । स्वास्थ्य क्षेत्रका ३५ वटा सूचकांकमा मूल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टाछुट्टै सूचकबाट प्राप्त अंकका आधारमा तथा आव २०७३÷७४ को राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो । स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आव २०७३÷७४मा सबैभन्दा कमजोर स्वास्थ्य सेवा दिने जिल्ला मनाङ बनेको छ । ७५ जिल्लाको मूल्यांकनमा ५६ दशमलव ८ अंकमात्र पाएर मनाङ सबैभन्दा कमजोर जिल्ला बनेको हो । सेवाका हिसाबले दोस्रो कमजोर जिल्ला सोलुखुम्बु बनेको छ । सर्लाही तेस्रो कमजोर जिल्ला बनेको छ । चौथोमा धनकुटा, पाँचौँमा सप्तरी, छैटौँमा भोजपुर, सातौँमा हुम्ला परेका छन् । यस्तै, आठौँमा सुनसरी, नवौँमा ताप्लेजुङ र दशौँमा रौतहट परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies