Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चुनावी चहलपहलमा दलहरु

\"\"धनगढी । स्थानीय तहको निर्वाचन चरण पूरा भएसँगै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कैलाली जिल्लामा राजनीतिक दल चुनावी तयारीमा केन्द्रित भएका छन् । तयारीस्वरुप दलहरुले गर्ने आन्तरिक बैठक र भेलामा संघ र प्रदेशको चुनावलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने विषयमा छलफल हुने गरेको पार्टीका स्थानीय नेताले बताएका छन् । चुनावी तयारीमा नेकपा (माओवादी केन्द्र) अन्य सबै दलभन्दा अगाडि देखिएको छ । उसले ७ नं प्रदेशका समानुपातिक उम्मेदवारको नाम केन्द्रमा पठाइसकेको छ । प्रदेश र प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने उम्मेदवारको नामको टुङ्गो भने असोज १६ गतेभित्र लगाउने गरी तयारी भइरहेको पार्टीका जिल्ला प्रवक्ता रमेश धामीले बताए । जिल्लाका स्थानीय तहको निर्वाचनमा अनपेक्षित पराजय व्यहोरेको नेपाली काँग्रेस पराजयबाट पाठ सिक्दै आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने रणनीतिमा लागेको छ । यसका लागि काँग्रेसले चुनावलाई लक्ष्य गरी प्रशिक्षणका साथै भेला र बैठकसमेत गर्न लागेको जिल्ला उपसभापति प्रकाश बमले बताए। “स्थानीय तहको निर्वाचनमा भएको पराजयलाई पाठका रुपमा लिई सबै उम्मेदवारलाई विजयी गराउने गरी चुनावी तयारीमा लागेका छौं बमले भने, “केन्द्रको निर्देशनबमोजिम असोज १७ गतेसम्म उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसक्छौँ ।” नेकपा (एमाले) ले पनि चुनाव लक्षित बैठक र छलफल शुरु गरिरहेको छ । “चुनावको तयारी र उम्मेदवारको नाम सिफारिस गर्ने बारेमा छलफल भइरहेको छ” एमाले प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले भने, “पार्टीका सबै नेता कार्यकर्ताको ध्यान चुनाव केन्द्रित भएको छ ।” गत असारमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका कुल १३ स्थानीय तहमध्ये सातमा एमाले, धनगढी उपमहानगरपालिकासहित तीनमा काँग्रेस, दुईमा माओवादी केन्द्र र एक तहमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएका छन् । आगामी संघ र प्रदेश सभाका लागि हुने निर्वाचनमा काँग्रेस, एमाले, माओवादी केन्द्र र फोरमबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण नेता कार्यकर्ताबीच हुन थालेको छ । चुनावी तयारी सँगसँगै दलका नेता टिकटका लागि दौडधूपमा लागिसकेका छन् । काँग्रेस सभापति एवं प्रधानमन्त्रीपत्नी डा आरजु राणा कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) बाट प्रतिनिधिसभा सदस्यका लागि आकांक्षी देखिएको नगर काँग्रेस सभापति यज्ञराज उपाध्यायले जानकारी दिए । ५ नं क्षेत्रबाट नै प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका पुराना नेता सुनिलकुमार भण्डारी, सभासदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी देखिएका छन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था संविधानले गरेको छ । नेपालको राज्य शक्तिको प्रयोग पनि यिनै संघ, प्रदेश र स्थानीय तहले गर्न पाउने संवैधानिक व्यवस्था छ ।   निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि कैलाली निर्वाचन क्षेत्र नं १ मा टीकापुर नगर क्षेत्र र भजनी नगरका ६ र ८ वडाका साथै जानकी गापाका वडा नं १,३,४,६ र ७ र जोशीपुर गापा, क्षेत्र नं २ मा लम्कीचुहा नगर क्षेत्रका साथै बर्दगोरिया गापा, मोहन्याल गापाका वडा नं १,२,३,४,६ र ७ र जानकी गापाका वडा नं २, ५, ८, ९ लाई समावेश गरेको छ । यस्तै क्षेत्र नं ३ मा भजनी नगरपालिकाका बाँकी वडा, घोडाघोडी नपा, र कैलारी गापाका १,२,३,४,५,७ र ८ वडा, क्षेत्र नं४ मा मोहन्याल गापाको वडा ५, गौरीगंगा नपा, चुरे गापा र गोदावरी नपालाई तथा क्षेत्र नं ६ मा धनगढी उपमहानगरपालिका र कैलारी गापाका वडा नं ६ र ९ लाई समावेश गरिएको छ । जिल्लाका प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा दुई दुई प्रदेश निर्वाचन क्षेत्रसमेत निर्धारण गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies