सर्लाही । महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–४, नगरपालिका चोकमा ट्रक र स्कारपियो ठोक्किँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बुधबार अपरान्ह हरिवनबाट बागमतीतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डिएल ४ सि एनबी ६२०० नम्बरको भारतीय स्कारपियो ठोक्किँदा स्कारपियोमा सवार आठ जना घाइते भएका हुन् ।
दुर्घटनामा स्कारपियो चालक कविलासी नगरपालिका ८ का ५७ वर्षीय जयपाल राय, स्कारपियोमा सवार ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर बस्ने ५८ वर्षीय शिवशङ्कर हलुवाइ, उनको श्रीमती ५७ वर्षीया पुनम देवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, सोनुकी श्रीमती ३३ वर्षीया अञ्जली देवी, सोनुका छोरा नौ वर्षका कन्हैया र पाँच वर्षका किसन, शिवशङ्करका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई घाइते भएको छन् । दुर्घटनामा घाइते भएका चालकबाहेक अन्य सात जना एकै परिवारका छन्।
घाइतेको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको छ । दुर्घटनामा परेको दुवै सवारी र ट्रक चालक नियन्त्रणमा रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवम् प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले गोरखापत्रसँग बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १५:४८
काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...
आषाढ़ ५ गते, २०८३ - १५:३३
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...
आषाढ़ ५ गते, २०८३ - १५:२१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर ...
आषाढ़ ५ गते, २०८३ - १५:०२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादे...
आषाढ़ ५ गते, २०८३ - १४:५२
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण...
आषाढ़ ५ गते, २०८३ - १४:३९
काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएको उक्त अध्यादेश पछिल्ल...
आषाढ़ ५ गते, २०८३ - १४:२९
काठमाडौँ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मक...
आषाढ़ ५ गते, २०८३ - १४:१६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक विधेयकसम्बन्धी छलफलका क्रममा सांसदहरूले प्रस्तुत गर्ने धारणा विरोधाभासपूर्ण भएको टि...
आषाढ़ ५ गते, २०८३ - १३:५१
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित क्वाटरमा बिहीबार राति प्रहरीले प्रवेश गरेको विषयमा विवाद उ...
आषाढ़ ५ गते, २०८३ - १३:४४
काठमाडौँ। प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्...



प्रतिकृया लेख्नुहोस्: