Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महोत्तरीकाे मतगणना सकियाे, कहाँ काे प्रमुख ?

\"\"महोत्तरीमा । महोत्तरीमा तेस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । १० नगरपालिका र पाँच गाउँपालिकाको एक सय ३८ वडामा सम्पन्न स्थानिय निर्वाचनमा सात सय २० पदका लागि पतिस्पर्धा भएको थियो । झन्डै चार हजार दुई सय ८९ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । तीन लाख आठ हजार चार सय नौ मतदाता रहेको महोत्तरीमा ७३ दशमलव ३१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधिले ओहदाको प्रमाणपत्र बुझिसकेका छन् साथै शपथ ग्रहण र पदस्थापनसमेत भैसकेकोे अवस्था छ । कुनभाषामा लिए शपथ ? जलेश्वर नगरपालिकाका प्रमुख,उपप्रमुख र वडा अध्यक्ष तथा सदस्यमध्ये अधिकांशले मैथिली भाषामा शपथ ग्रहण गरेका छन् । नेपाली भाषामा शपथ ग्रहण गर्नुपर्ने प्रावधान रहेकोमा मुख्य निर्वाचन अधिकृतलाई विशेष आग्रह गरेपछि उनले समेत निर्वाचन आयोगमा सोबारे लेखी पठाएपछि नेपाली र मैथिली दुवै भाषामा शपथ लिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटै पानाको दुवैतिर क्रमशः नेपाली र मैथिली भाषामा लेखिएको शपथ ग्रहण गराएका थिए । उनले दुई भाषामा शपथ तयार पारिएको बताउँदै स्वेच्छाले दुवैमध्ये कुनै पनि भाषा वा दुवै भाषामा शपथ लिन सक्ने बताएपछि अधिकांश निर्वाचित जनप्रतिनिधिले मैथिलीमै शपथ लिएका थिए । मैथिलीमै शपथ लिन इच्छा भने जलेश्वर वडा नम्बर ४ र ७ का वडाध्यक्षले जनाएपछि दुई दिनदेखि कानुनी बाधा वा अडचनबारे छलफल भएकोमा अन्ततः मैथिलीमा समेत लिन पाउने व्यवस्था मिलाइएको थियो । कहाँ, को प्रमुख ? जलेश्वर नगरपालिका — राजपा— रामशंकर मिश्र बर्दिवास नगरपालिका — माओवादी केन्द्र — विदुर कार्की भंगाहा नगरपालिका— राजपा —सञ्जीवकुमार साह एकडारा गाउँपालिका — राजपा — रामछविला साह रामगोपालपुर नगरपालिका— माओवादी केन्द्र — अशोककुमार मण्डल मटिहानी नगरपालिका— राजपा — हरिप्रसाद मण्डल गौशाला नगरपालिका— माओवादी केन्द्र— शिवनाथ महतो बल्वा नगरपालिका— कांग्रेस — विनोदकुमार यादव औरही नगरपालिका— कांग्रेस— सुनिलकुमार यादव सम्सी गाउँपालिका— माओवादी केन्द्र— फारुख शेष लोहारपट्टी नगरपालिका—कांग्रेस— शैलेन्द्र यादव सोन्मा गाउँपालिका— संयुक्त समाजवादी फोरम — राजकुमार यादव महोत्तरी गाउँपालिका— राजपा —सुनिलकुमार राय मनरा सिस्वा नगरपालिका— राजपा— सञ्जयकुमार सिंह पिपरा गाउँपालिका— राजपा— विनोदकुमार चौधरी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies