Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अत्यावश्यक सेवामा जागिर खानेहरुकोहरुको दशैँ

\"\"चितवन । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाए । पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो । थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उनि घर आए । अन्य सबै दशैँ सामान्य बेलामा भन्दा तनावै तनावमा बित्ने गर्छ । अरु सामान्य बेलामा कामको चाप कम हुने भएपनि दशैँको बेला अरु बढी सक्रिय हुनुपर्ने उहाँले बताए । थापाले भने, “मेरोमात्रै होइन, हामी सबै सुरक्षाकर्मीको दशैँ कार्यक्षेत्रमै हुने गर्छ ।” त्यसो त अतिरिक्त सुविधा उनीहरुले पाउँदैनन् । तैपनि रमाएरै काम गर्नुपर्ने बाध्यता अत्यावश्यक सेवामा जागिर खानेहरुको छ । चाडपर्वकै बेला चोरीडकैती बढ्ने, विशिष्ट व्यक्तिहरुको आवागमन र सुरक्षामा जुट्नु पर्ने हुँदा कामको चाप बढी हुने गरेको उनले बताए । उच्च पदका लागि मात्रै होइन, तल्लो तहका सुरक्षाकर्मीको दशैँ पनि यस्तै हुने गर्छ । जिल्ला प्रहरी कार्यालय चितवनमै कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्काको दशैँ पनि थापाको जस्तै बित्ने गरेको छ । आलोपालो गरेर टीका लगाउन पाउने भएपनि अरुले झैँ घरपरिवारमा रहेर रमाएर दशैँ मान्न नपाएको खड्काले बताए । १६ वर्षे जागिर यात्रामा १६ वटा दशैँ बित्यो, तर अधिकांश कार्यक्षेत्रमा नै दशैँ बितेको उने बताए । नेपाल प्रहरी झैँ कामको चाप कम हुने भएपनि नेपाली सेनाको दशैँ पनि कार्यक्षेत्रमै बित्ने गर्छ । द फेमस महिन्द्र दल गण, भरतपुरका गणपति सुरेन्द्र सापकोटाको जागिर यात्रा २१ वर्ष पुगेको छ । राज्यको जिम्मेवारीसँगै गणमै रहेर अधिकांश दशैँ बित्ने गरेको उनेले बताए । आलोपालो गरेर सेनाले भने छुट्टी पाउने गर्छन् । सुरक्षा निकायका सबैले गणभित्रै दशैँ मनाउने गर्छन् । सुरक्षासँगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको दशैँ पनि कामसँगै बित्ने गर्छ । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा रुद्र मरासिनी बहिरंग सेवाबाहेक अन्य सेवा निरन्तर हुने भएकाले पालो मिलाएर दशैँ मनाउनु पर्ने बाध्यता चिकित्सक र स्वास्थ्यकर्मीलाई रहेको बताउछन । अत्यावश्यक सेवा रोक्न नमिल्ने हुँदा चिकित्सक, स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनु पर्ने उनले बताए । फिजिसियन डाक्टर भोजराज अधिकारी दशैँ भनेर ढुक्कसँग बस्न नपाइने बताउछन । भरतपुरको चौबीसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालका सञ्चालकसमेत रहेका अधिकारीले अस्पतालमा भएका बिरामीलाई उपचार गर्नै पर्ने र अत्यावश्यक सेवा रोक्न नहुने हुँदा कामसँगै दशैँमा रमाउनु पर्ने बताए । त्यसो त सञ्चारमाध्यममा काम गर्ने पत्रकारको दशैँ पनि यसैगरी बित्ने गर्छ । विगत १० वर्षदेखि रेडियोमा कार्यरत भरतपुरका राजु सापकोटा १० वर्षमा दुईवटा दशैँ मात्रै परिवारसँगै घरमा रमाएर बितेको बताउछन । यो अवधिको अधिकांश समय भरतपुरको कालिका एफएममा बिताएका सापकोटाले समाचार संयोजकको जिम्मेवारी भएकाले पनि साथीभाइलाई बिदा मिलाउँदै आफू भने टीका लगाएर आएर अधिकांश दशैँमा समाचार बनाएर पढ्नु परेको बताए । हाल डिम्स एफएममा कार्यरत सापकोटाले रेडियो टेलिभिजनमा काम गर्ने अधिकांशको दशैँ यस्तै रहने बताए । कालिका टेलिभिजनमा कार्यरत राजु थापा दशैँ तिहारमा पालो गरेर काम गर्नुपर्ने भएकाले अरुको जस्तो ढुक्कले परिवारसँग दशैँ मनाउन आफूहरुले नपाउने बताए। यस सँगसँगै सवारी चालकको दशैँ पनि कार्यक्षेत्रमै बित्ने गर्छ । ना ५ ख ५८३७ नंको बसका चालक दिलबहादुर तामाङको अधिकांश दशैँ कार्यक्षेत्रमै बित्ने गर्छ । छ वर्षदेखि गाडी चलाउँदै आउनुभएका तामाङले पालोमा नपरेको बेला भने रमाइलो गरी दशैँ मनाउने बताए । नारायणगढ–बेनी बस चलाउँदै आउनुभएका ना ५ ख ३२४३ नंका बसका चालक दीपक राईले गाडी चलाएको २५ वर्ष भयो । सबै दशैँमा टीका लगाएर काममा जानु परेको बताए । टीकाको समयमा केहीबेर रोकिने भएपनि अधिकांश यात्रुबाहक सवारी दशैँका अरु समयका भन्दा बढी यात्रु लिएर सञ्चालन गर्नुपर्छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies