Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

एकतर्फी खुल्यो तम्घास-रिडी सडक खण्ड

\"\"गुल्मी । सुख्खा पहिरोले अवरुद्ध बनेको तम्घास-रिडी सडक तीन दिनपछि खुलेको छ । रेसुंगा नगरपालिका १३ स्थित भंगारीमा बुधवार साँझपख पहिरो खसेपछि सर्वसाधारण मर्कामा परेका थिए ।

शुक्रवार बिहानदेखि निरन्तर ठूलो स्काभेटर र साना मेसिनले काम गरेपछि दिउँसोबाट एकतर्फी रुपमा सडक खुलेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । सडक खुलेसँगै ती दिनदेखि बीच बाटोमै अलपत्र परेका सवारी साधनहरु आवत जावत गर्न थालेका छन् । दशैंको टीकाको अघिल्लो दिन एकतर्फी भए पनि सडक खुलेपछि स्थानीयबासीले राहत महसुस गरेका छन् ।बिहीबार दिनभर सदरमुकाम तम्घासमा रहेका साना मेसिनले पहिरो पन्छाउन नसकेपछि पाल्पाबाट मगाइएको ठूलो स्काभेटर प्रयोग गरेर शुक्रबार दिउँसोबाट बाटो खुलाइएको हो । जोखिम कायमै अहिले सडक खुले पनि सो स्थानमा धेरै भूभाग चर्किएकाले पुनः सुख्खा पहिरो खस्ने सम्भावना भने कायमै छ । अझै पहिरो खस्ने सम्भावना रहेकाले केहि दिन पहिरो हटाउनको लागि स्काभेटर तयारी अवस्थामै राखिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । सोमबार बिहानदेखि नै पहिरो खस्ने थालेको थियो । सानो पहिरो भएकाले पन्छाउँदै सडक खुलाइए पनि बुधबारदेखि पूर्णरुपमा बन्द भएको थियो । बाटो बन्द भएपछि दशैं मान्न घर जानेहरु बढी मर्कामा परेका थिए । बाटो बन्द भएपछि केही यात्रुहरुले वैकल्पिक सडक प्रयोग गरे पनि केही पैदलै गन्तव्यतर्फ लागेका थिए । दशैंका लागि ल्याइएका फलफूल तथा तरकारीहरु ढुवानी गर्न नसक्दा बिग्रिएका छन् । उक्त सडक एक वर्ष पहिले बिस्तार गरिएको थियो । सडक बिस्तारको क्रममा भौगोलिक अवस्था नहेरी डोजरले कटान गर्दा अहिले ठूलो पहिरो झरेर समस्या झेल्नु परेको स्थानीयको गुनासो छ । स्थानीयबासीले भंगारीको पहिरोलाई विगतमा पृथ्वी राजमार्गको कृष्णभीरमा झर्ने पहिरोसँग तुलना गर्ने गरेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies