Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

विशाल विमानको आकस्मिक अवतरण

\"\"ओट्टावा ।  फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ ।

सो विमान पेरिसबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको थियो । गन्तब्यतर्फ जाने क्रममा आन्ध्र महासागर माथि उडिरहेको अवस्थामा विमानका चारवटामध्ये एउटा इन्जिनमा आगलागी भै विस्फोट भएको थियो ।

एयर बस कम्पनीद्वारा फ्रान्स मै निर्मित, ए–३८० मोडेलको सो विमान विश्वमा हालसम्म उत्पादित यात्रुबाहक विमानहरुमध्ये सबभन्दा विशाल कायको मानिन्छ । आगलागी भई एउटा इन्जिन विस्फोट भएपछि तत्कालै चालक दलले उक्त विमानलाई क्यानाडाको लाब्राडर प्रान्तको गूज बे विमानस्थलमा अत्यन्त सकुशल अवतरण गराएका थिए ।

विमानमा सवार ५२० जना यात्रुहरुमध्ये धन्न कसैलाई केही पनि नभएको जनाइएको छ । विमान आकस्मिक अवतरणको क्रममा इन्जिनको ढक्कन (काउलिङ्ग) लगायत इन्जिनका अन्य मुख्य मुख्य पार्टपुर्जाहरु टुक्रा टुक्रा भै धावनमार्गमा खसेर टाढाटाढासम्म यत्रतत्र छरपस्ट भएका थिए ।

विमानमा सवार यात्रुहरुले बताए अनुसार साँढे छ घण्टा उडिसकेपछि सो विमानभित्र भयङ्कर विस्फोटको आवाज सुनिए ता पनि चालक दलको कार्य कुशलताले सुरक्षित अवतरण भएको, कुनै भय, त्रास वा भागदौड मच्चिने स्थिति आउनै नपाई नियमित यात्रासरह सामान्य अवस्था रहेको थियो ।

इन्जिन फेर्ने लगायत अन्य सम्पूर्ण मर्मत सम्भारपश्चात् उक्त बिमानलाई फिर्ता लगिने एयर फ्रान्सले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending