कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ ।
कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार प्रति दिन पन्ध्र किलोका दरले खुवाउने गरिएको छ ।
पोषणयुक्त आहारसंगै मिनरल्स र आन्तरिक परिजिवीको संक्रमणबाट जोगाउनका लागि तीन तीन महिनामा जुकाको औषधि खुवाउदै आएको कृष्णसारको उपचारमा संलग्न पशु प्राविधिक धनिराम चौधरीले बताए । बाह्य हिंसक वन्यजन्तु बाट जोगाउनका लागि बनाईएका ग्याविन बक्समा कृष्णसारलाई चर्नका लागि मसुरो, गहुँ, मकै, अरहर छर्नुका साथै किम्बुका विरुवा रोप्ने गरिएको छ ।
चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकोस भनेर फेन्स वायर जडान गरिएको निकुञ्जका कर्मचारीहरुको भनाई रहेको छ । सन् २०१२ सेप्टेम्बरमा दुई पटक गरि नेपालगञ्ज मिनी चिडिया घर बाट २२, सन् २०१२ को अक्टुवरमा केन्द्रिय चिडियाखाना जावलाखेलबाट छ वटा र कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट सन् २०१५ जुलाईमा १४ वटा गरि जम्मा ४२ वटा कृष्णसार स्थानान्तरण गरि ल्याईएको छ ।
हाल संरक्षण क्षेत्रमा कृष्णसारको संख्या ५५ पुगेको छ । जसमध्ये बयस्क भाले १९ र पोथीको संख्या १५ र बच्चाको संख्या २१ रहेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको संभाव्यता अध्ययन पछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो ।
कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृतिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: