Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कानुन नलाग्ने दलाल

\"\"झट्ट नाम सुन्दा विशेषगरी युएईमा कार्यरत लाखौ नेपालीले अब सजिलै चिन्न सक्छन होला कानुन नलाग्ने दलाल साजन पान्डे लाई । स्थायी ठेगान चितवन बताए पनि प्रशासन बाहेक अरु कसैलाई यिनको वास्तबिक ठेगान थाहा छैन आफूलार्इ साजन पान्डेका रूपमा स्थापित गराएका उनले वास्तबिक नामसमेत गोप्य राखेका थिए लामो समयसम्म ।
काठमाडौको ठमेलमा रहेको अर्थ लाइन ट्राभल्स एड टुर्स नामक एक एजेन्सीको सहयोगमा भारतको दिल्लीबाट अवैधानिक रूपमा युएई आएका पान्डेको वास्तबिक नाम प्रेम पान्डे रहेको कुरा पनि धेरैपछि मात्रै थाहा भएको हो । ट्राभल्सले आफ्नो युएई एजेन्ट्का रूपमा स्थापित गराइ मानब तस्करीको कामका लागि महत्त्वपूर्ण जिम्मेवारी दिएर पठाएको साजन वास्तबमा एउटा यस्तो अपराधी हो । जसलाई नेपालको कानुनको कुनै धाराले छुन सक्दैन । नेपाल सरकारले बन्द गर्न भनेको भिजिट भिसालाइ चुनौती दिदै पुर्बदेखि पश्चिम सम्मका बेरोजगार युवालाई विभिन्न लोभ लालचमा पारी युएई पठाउने साजनको मुख्य मालिक हुन ट्राभल्सका सन्चालक जानकी अधिकारी र पबित्रप्रकाश अधिकारी दम्पती । नेपालमा जनही २ लाख ५० हजारदेखि ३ लाख ६० हजार रुपैयाँसम्म लिएर यसरी युएई पठाइएका युवालाई एअरपोर्टबाट रिसिभ गरि कोठासम्म लैजाने, राख्ने र काम खोज्ने जिम्मेवारी भने दलाल साजन पान्डेलार्इ दिएको रहेछ ट्राभल्स एजेन्सीले । सुरुमा नेपालबाट अबैधानिक प्रक्रिया हुदै आयका युवा युएई आए पश्चायत काम र दाम दुबै पाउदैनन र अन्तमा नेपाली दूतावाससम्म पुगेर हारगुहार गर्छन न्यायको भिख माग्छन तर पनि ति दलाल र ट्राभल्सलार्इ कुनै कानुन लाग्दैन नत पीडितले न्याय पाउँछन । यसरी आउँछन नेपालबाट युवा भिजिटमा काम लगाउने ठेक्का लिएका दलालको जालमा पर्न नेपालमा रोजगारीको अवसर नदेखेपछि बिदेश जाने सोचमा पुगेका युवा सुरुमा त राम्रो मेनपावर एजेन्सीमै धाउछन तर त्यहा कतिपय योग्य हुन्छन त कतिपय अयोग्य हुन्छन योग्य हुनेहरु केहि महिना कुरेर बिदेश पुग्छन भने अयोग्य भएमा उनीहरु फेरि धाउन थाल्छन् मेनपावर ।
सम्बन्धित् समाचार  दुताबाससँग मिलेर जनजाति महासँघ युएईले संबिधान दिवस मनायो, पत्रकारहरुलाई बहिस्कार।
लामो समयसम्म प्रयास गर्छन तर खोजेको काम पाउदैनन पाएपनि कतै लागत धेरै त कतै गाह्रो काम भएपछि अन्तिम मा उनिहरुको गन्तव्य युएई हुन्छ । अब उनिहरु चिनजानका साथिभाइ मार्फत युएई पठाउने एजेन्टको खोजीमा हुन्छन यसरी खोज्दैजादा केहि त राम्रो पनि भेट्छन तर अधिकांश भने अधिकारी दम्पती जस्तै ठगको हातमा पर्छन जस्लाइ ति बेरोजगार युवाको भबिस्यको चिन्ता हैन लाखौ कमाउने उदेश्य हुन्छ । यसरी भाग्यले नेपाल मै ठगिन सुरु गरेका युवा अब त्यही ट्राभल्सको सेटिङमा युएई आउने तयारीमा हुन्छन र एजेन्टले तोकेको रकम बुझाउन्छन अनि एअरपोर्टको सेटिङमा युएई त आउछन तर साजन भनिने प्रेम पान्डे जस्ता दलालहरुको पिजडामा परेपछि काम र दामको ता कुरै छोडौ ज्यान बचाउन पनि हारगुहार गर्नुपर्नै अवस्था सृजना हुन्छ । समस्या परिहाल्यो ज्यान जोगाउनकै लागि भएपनि नेपाली दूतावासमा निवेदन सहित उपस्थित हुन्छन ति पीडित पिडैपिडाको पोको बोकेर । एजेन्ट्ले शारिरीक र मानसिक यातना दिएको प्रमाण साक्षीसहित दूतावास पुगेका उनीहरुलाई पहिला त दूतावासकै कर्मचारीले किन आइस भिजिटमा भन्दै हप्काउँछन । अनि फेरि केहि छिनमा आश्वासन दिइन्छ हामी त्यस्लाइ कारबाही गर्छै नेपाल पठाउछौ समय दिनुस । केहि दिन त कुरिन्छ तर अफसोच न त दलाललाई कारबाही हुन्छ । न त पीडितले न्याय नै पाउँछन । अन्तमा जिबनदेखि नै हार खाएका पीडितले कम्तीमा ज्यान जोगाइदेउ भन्दै रोइकराइ सुरु गर्छन र सामाजिक संस्थाका व्यक्तिहरुको सहयोगमा उद्दार गरि नेपाल पठाइन्छ । बिडम्बना दूतावासलार्इ कारबाहीको लागि आग्रह गर्दा दूतावास लाचार बनेर दलालकै संरक्षकका रूपमा देखा पर्छ र भन्छ दलाललाई कारबाही गर्न पैसा छैन हो यहि दिएको छ प्रशासनले दलाललाई आजादी र संरक्षण अनि पीडितलार्इ झन पिडा । त्यसो त नेपाल गएका पीडितले पनि कहाँ न्याय पाएर। केहि दिन अघि मात्रै साजन भनिने प्रेम पान्डेकै जालबाट पत्रकारको सहयोगमा उद्दार गरि नेपाल पठाइएका पीडितले आजसम्म न कुनै क्षेतिपूर्ती पाएका छैनन । न त उनीहरुले कुनै कानुनी उपचार । सबैको तमासे बनेर उनीहरु अझै काठमाडौका गल्ली गल्ली भौतारिएका छन ।
सम्बन्धित् समाचार  मध्यपुर्ब र मलेसियामा काम गर्ने मजदुरहरुले एनआरएनलाई शुल्क तिर्न नसक्ने भन्दै ब्यापक आलोचना
प्रहरीको डिआइजिदेखि गृहमन्त्रीसम्म पुगेर आफुहरु माथी भएको अत्याचार र आफुले भोगेको दमन सम्पुर्ण विवरण आफ्नै मुखले सुनाइ सबै प्रमाण पेस गर्दा समेत कारबाही नहुने दलाललाई कानुनको कुनै धाराले नछुने कुरा त्यही दिन प्रस्ट भै सकेको छ । सबैतिर सेटिङ मिलाएको दाबी गर्न ट्राभल्स सन्चालक र दलालको बोलिलार्इ प्रशासन आफैले प्रमाणित गर्दिनु कस्तो बिड्म्बना । विश्वकै सबैभन्दा राम्रो मानिने नेपालको संविधान केबल गरिब गुरुवा र न्यायको खोजिमा हरेका पीडितहरुलार्इ लाद्न मात्रै बनाइएको कागजी खोस्टा हो भने त्यो कानुनलार्इ कुल्चेर जनता आफैले दलाल ठग र मानब तस्करलार्इ प्रतिकार गर्दै परास्त गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies