पथरी । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारण यात्रु मारमा परेका हुन् । यात्रुले ल्याएका सामान चेक–जाँच गर्ने होल्ड ब्यागेज एक्स–रे मेसिन र यात्रुले आफुसँग बोकी ल्याएको ब्याग चेक–जाँच गर्ने हेन्ड ब्यागेज एक्स–रे मेसिन बिग्रिएको छ । मेसिन बिग्रिएपछि यात्रुले चेक–जाँच गराउन घन्टौंसम्म लाइन बस्नुपर्दा सास्ती बढेको यात्रु डा. निर्मल बरालको गुनासो छ । एक्स–रे मेसिन चालु अवस्थामा हुँदा पाँच मिनेटमै चेकजाँच सकिने भए पनि अहिले विमानस्थलका सुरक्षाकर्मीले सबै ब्याग, सुटकेस र झोलाका सबै सामान एक / एक गरी चेक गर्नुपर्ने भएकाले तथा शरीरसमेत छामेर चेक गर्नु परेकाले यात्रुलाई धेरै समय कुर्नुपर्ने बाध्यता छ । विराटनगरबाट काठमाडौं जान लागेका डा. रमेश बस्नेतले विमानस्थलमा निकै झन्झट व्यहोर्नु परेको बताए । उनले भने, ‘एक्स–रे मेसिन हुँदा छिटो चेकजाँच भएर गन्तव्यमा पुग्न सहज हुन्थ्यो । तर, अहिले घन्टौंसम्म लाइन लाग्नु परेको छ ।’ विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख सुरेसमान सिंहले एक्स–रे मेसिन बिग्रिएकाले यात्रुलाई केही असुविधा भएको स्वीकारे। प्रमुख सिंहले कार्ड बिग्रिएपछि नबन्ने हुनाले नयाँ खरिद गर्नुपर्ने हुँदा कार्यालयले पहल गरिरहेको बताए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: