Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पाकिस्तानी पूर्व प्रम शरिफ भ्रष्टाचार हेर्ने अदालतसामु उपस्थित

\"\"इस्लामावाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएको समाचार छ । भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट पर्खास्त गरिनुभएका पूर्व प्रधानमन्त्री शरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थित भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनी सोमबार बिहान सो अदालतमा उपस्थित हुदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको समाचारमा उल्लेख गरिएको छ । अदालत परिसरलाई प्रहरीले पूरै घेरा हालेको थियो । सो सुरक्षा घेराबाहिर उपस्थित उनका समर्थकहरुले शरिफको पक्षामा नाराबाजी लगाएका थिए । उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी रहेको, उनले भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा उनलाई दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए । उनी अदालत परिसरमा उपस्थित हुदा पाकिस्तानमा ठूलो सङ्ख्यामा पत्रकार उपस्थित थिए । उनलाई टेलिभिजनका फोटो पत्रकारहरुले निकै परसम्म पछ्याएका थिए । उनिमाथि भ्रष्टाचारको आरोपमा छानबीन सुरु भएपछि लामो समयपछि सर्वाेच्च अदालतले गत जुलाई महिनामा उनलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो । त्यसयता पनि उनिमाथि अदालतको अनुसन्धान जारी नै छ । उनी दोस्रो पटक सोमबार सो अदालतमा उपस्थित भएका हुन र सम्भवत उनिमाथि जेल सजाय हुनसक्ने अनुमानका समाचारहरु आउन थालेका छन् । सोमबारका पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई जेल सजाय हुनसक्ने भनी समाचार सम्प्रेषण गरिरहेका छन् । तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन । एएफपी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies