Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

दलाल भन्छ मानब तस्करी गरेको हुँ, दुताबास भन्छ कारबाही गर्न सक्दिन

\"\"युएई । भिजिट भिसामा आई युएईमा अलपत्र परेका २२ जना नेपालीहरु दुताबासको शरणमा पुगेका छन । गैर आबासिय नेपाली संघ, युएईको पहलमा उनिहरु अक्टोबर २ तारिकका दिन दुताबास पुगेका हुन् । पीडितहरु दुताबास पुगेपछी मानब तस्करका नाईके भनिने रमेश कुवरले पीडितहरुलाई कुनै पनि सहयोग नगरिने बताएका छन । पीडित मध्येका एक बिष्णु खवासलाई फोन गरी उनले दुताबास गएको भन्दै धम्क्याएका हुन । संपर्कमा आउन नचाहेका रमेश कुवरलाई दुताबासले उनको भाई मार्फत संपर्कमा ल्याएको थियो । दुताबासकी श्रम सहचारी हीरा यादबसंग भएको छलफलमा कुवरले पीडितहरुलाई टिकट काटेर नेपाल फर्काउन तयार भए पनि उनी पीडितहरुलाई भने कुनै पनि उद्दार नगर्ने भन्दै धम्क्याउने गरेका छन । \" बरु दुताबासमा पैसा दिएर मिलाउछु तर टिकट काट्दिन\" कुवरको भनाइलाई उद्द्रित गर्दै खवासले भने । दुताबासले पीडितहरुलाई नेपाल फर्काउन पहल गर्ने तर दलालहरुलाई तिरेको पैसा फिर्ता गर्न कुनै सहयोग गर्न नसक्ने बताएको छ । \"हीरा म्याडमले अजमानमा त राम्रो कुरा गर्नु भएको थियो तर दुताबासमा आए पछी भने दुताबासको कुरा परिवर्तन भयो, एक पीडितले भने । \" हामी दलाललाई टिकट काट्न लगाउँछौ, पैसा के कती तिर्नु भएको हो नेपाल गएर आँफै उठाउनुस्, यो तपाईंहरुको आपसी मामाला हो \" दुताबासको भनाइ उद्द्रित गर्दै पीडितले भने । मानब तस्कर आँफै सरकारी निकायमा उपस्थित भएर अपराध स्विकार गर्दा पनि दुताबास दलाललाई कारबाही गर्न नसक्ने बताउँदै आएको छ । यस् अघी अबुधाबीको मुसाफामा १९ नेपालीहरुलाई भिजिट भिसामा युएई ल्याएर अलपत्र पार्ने अर्का दलाल प्रेम पाण्डेलाई समेत दुताबासले कारबाही गर्न नसक्ने भने पछी दुताबास बिबादमा मुछिएको थियो । हरेक पटक दलालहरुले मानब तस्करी गरेको स्विकार गर्छन् तर दुताबासले बजेटको कारण देखाउँदै कारबाही गर्न पन्छिने गरेको छ । हाल दुताबासको शरणमा पुगेका २१ जना नेपालीहरु मध्ये ६ जना प्यानाडोर मेनपावरबाट युएई पुगेका थिए भने बाँकी १५ जना नेपाल एअरपोर्टको अध्यागमनको सेटिङ हुँदै युएई पुगेका थिए ।सुसान आचार्य

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies