Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

पर्यटक प्रवेश शुल्क उठाउन थालियो

\"\"सल्लेरी। खुम्बुपासाङ ल्हमु गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउन शुरु गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) कार्ड निषेध गर्दै उक्त गाविसले गाउँपालिकाले अक्टोबर १ तारिखदेखि नै शुल्क उठाउन थालेको हो । मौसम प्रतिकूल भएपनि पनि अक्टोबर एक तारिखका दिन हेलिकप्टरमार्फत आएका १०१ बाह्य पर्यटकबाट दुई हजारका दरले पर्यटक प्रवेश शुल्क लिइएको गाउँपालिकाले जनाएको छ । नेपाल पर्यटन बोर्ड र टानले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाएपनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका कुनै पनि काम नगरेकाले गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अक्टोबर १ तारिखकै दिन मन्जोमा रहेको टिम्स कार्ड चेकपोष्टसमेत हटाएको गाउँपालिकाले जनाएको छ । यस कार्यबाट पर्यटक दोहोरो मारमा परेका छन् भन्दै पर्यटन व्यवसायी नाम्गेल शेर्पाले सो निर्णयले पर्यटकले विगतमा रु पाँच हजार ३९९ प्रवेश शुल्क बुझाउनुपर्नेमा अहिले रु सात हजार ३९९ बुझाउनुपर्छ । टान र पर्यटन बोर्डलाई टिम्स कार्ड वितरणको जिम्मा दिएको अवस्थामा गाउँपालिकाको निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीको टिप्पणी छ । टानका महासचिव कर्ण लामाले गाउँपालिकाको यो अपरिपक्क निर्णयले गाउँपालिकालाई नै असर पर्ने हुँदा तत्काल निर्णय सच्चाउनुपर्नेमा जोड दिए भने गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने संवैधानिक अधिकारको प्रयोग गर्दै आफूहरुले पर्यटक प्रवेश शुल्क निर्धारण गरेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies