Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

मतपत्र छपाइलाई त्रुटिरहित बनाउ : प्रमुख निर्वाचन आयुक्त

 

\"\"काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार भई होशियारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । उनले भने, “हामी सार्वभौमसत्तासम्पन्न संसद्को निर्वाचनको क्रममा छौँ, निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री भनेको मतपत्र नै हो, छपाइ गर्ने, क्रम संख्या मिलाउने, गुणस्तर कायम गर्ने र बण्डल बनाउने काम चुस्त र व्यवस्थित रुपमा हुनुपर्छ ।” निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र व्यवस्थित तुल्याउन आयोगको व्यवस्थापन चुस्त र दुरुस्त हुन आवश्यक रहेको बताउँदै डा यादवले मतपत्र छपाइ र व्यवस्थापनमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्ने भएकाले त्रुटिरहित तरिकाबाट आआफ्नो जिम्मेवारी पूरा गर्न सहभागीलाई निर्देशन दिए । डा यादवले भने, ‘‘निर्वाचन व्यवस्थापनका लागि समयको चापलाई हेक्का गरेर आजैदेखि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य शुरु गर्ने कार्यक्रम रहेको छ, आगामी निर्वाचनलाई उत्कृष्ट निर्वाचन बनाउने गरी जिम्मेवारी बहन गर्नुहोस् ।’’ आयुक्त नरेन्द्र दाहालले मतपत्र छपाइको काम निकै संवेदनशील र जटिल भएकाले त्यसमा संलग्न कर्मचारीलाई कुनै कमजोरी हुन नदिने ढंगबाट जिम्मेवार भएर काम गर्न सुझाव दिए । आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनमा खटिने हरेक कर्मचारी कामप्रति संवेदनशील, गम्भीर र नियमित हुन तथा मतपत्रको छपाईसम्बन्धी गोपनीयता कायम राख्न र कामको प्रगतिको विवरण समयमै उपलब्ध गराउन सुझाव दिए । निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख दिनेशकुमार घिमिरेले सानो त्रुटिले ठूलो हलचल ल्याउन सक्ने भएकाले अभिमतलाई प्रकट गर्ने माध्यम मतपत्र छपाइलाई त्रुटिरहित बनाउन आवश्यक छ भने । जशिसाकेका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिल्सेनाले विगतमा जस्तै निर्वाचन आयोगले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । अभिमुखीकरण कार्यक्रममा जशिसाके, मुद्रण विभाग, आयोग तथा अन्य सरकारी कार्यालयका कर्मचारी गरी २८ जना सहभागी छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies