सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ।
सरकारहरु, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट यस्तो खालको प्रतिबद्धता सार्वजनिक हुन लागेको यो पहिलो पटक हो। पछिल्लो समय हैजाको निकै डरलाग्दो महामारीको शिकार यमन भएको छ। युद्धका कारण सरसफाईको अवस्था बिग्रिंदा र खानेपानी वितरण प्रणाली अवरुद्ध हुँदा त्यहाँ हैजाको महामारी फैलिरहेको छ।
प्रतिकृया लेख्नुहोस्: