Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बेनीमा अल्लो कपडा उद्योग स्थापना

 

\"\"बाबियाचौर । बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गर्नुभएको हो । रघुगंगा गाउँपालिका–३ पिप्लेका खोजेन्द्रबहादुर मल्लले मुग्लानी क्लोथ एण्ड ह्याण्डीक्राफ्ट उद्योग खोलेका हुन । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवालाई प्रशोधन गरी कपडा उत्पादन गर्ने उद्योग स्थापना गरेको मल्लले बताए । इपिएस भिसामा पाँच वर्ष दक्षिण कोरियामा काम गरेर गतवर्ष स्वदेश फर्किएका मल्लले स्थानीयस्तरमै स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए । पहिलो चरणमा अल्लो प्रशोधनको काम शुरु गरेको उद्योगबाट नेपाली हाते कागज र बाँसको सामान पनि उत्पादन गर्ने योजना रहेको छ । प्रबन्ध सञ्चालक मल्लका अनुसार हालसम्म कच्चा पदार्थ खरिद र प्रशोधनका लागि करिब रु छ लाख लगानी भएको छ । “पुँजीवृद्धी, आधुनिक औजारको प्रयोग गरेर व्यवस्थित रुपमा उद्योग सञ्चालन गर्ने तयारी भएको छ” मल्लले भन्नुभयो “अहिले परम्परागत रुपमा गरिँदै आएको कामलाई औजार ल्याएपछि आधुनिक बनाउछौँ ।” औजारको प्रयोग गरेपछि उत्पादन वृद्धि र लागत घट्ने जनाइएको छ । उद्योगमा बेनी नगरपालिका दुई बगरफाँटका १५ जनाले रोजगारी पाएका छन् । गुर्जा, मुदी, लुलाङ, कुइनेमंगले, मल्कवाङ, ओखरबोट, देविस्थान, दरवाङलगायत उच्च पहाडी क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा संकलन गरेर धागो र कपडा बनाउन शुरु गरिएको छ । अल्लो पुवा प्रशोधन गरेर तयार पारिने धागोबाट कोट, झोला, आउटर, सल, थान्का लगायतका सामग्री उत्पादन गर्न सकिन्छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy