Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लालपुर्जाविहीन चार सय घरधुरी

 

\"\"अछाम । अछामको मेल्लेख गाउँपालिका–३ का ४०० घरधुरी जग्गाधनी पुर्जा (लालपुर्जा)बाट अहिले पनि वञ्चित छन् ।

जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको हो । अछामको पुनःनापी कार्य भएसँगै विसं २०७१ मा विशेष नापी अछामले नापनक्सा कार्य सम्पन्न भए पनि लालपुर्जा पाउन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । लालपुर्जा पाउने वातावरणका लागि विभिन्न निकायसँग पहल गर्दा पनि कसैले चासो नदिएको उनको भनाइ छ । जग्गा नापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने राज्यकोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानी भइरहेको छ । राज्यका लागि जग्गाको तिरो (राजस्व) संकलनमा पनि लालपूर्जा नहुँदा समस्या सिर्जना भएको स्थानीय खड्कबहादुर शाहको भनाइ छ । सामान्य कृषि ऋण लिनबाट पनि आफूहरु वञ्चित हुनुपरेको उनले बताए । “विशेष टोलीले नापनक्सा गरायो तर दर्ता प्रक्रिया कसैले सहयोग गरेन” उनले दुःखेसो पोखे । विशेष नापी टोलीले जग्गा नापनक्सा गरिसकेको भए पनि पुरानो कागजात केहीँपनि फेला नपर्दा समस्या भइरहेको बताइएको छ । नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सीयाराम ठाकुरले बताए । पटकपटक विभिन्न सरोकार भएकासँग परामर्श गर्दा पनि लालपुर्जा दिन नसकेको र मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ । यता जग्गा दर्ता प्रक्रिया पूरा गर्न र लालपुर्जा वितरण गराउनका लागि गाउँपालिकाबाट निर्णय गरिसकेको मेल्लेख गाउँपालिका प्रमुख लोकबहादुर बोहराले बताए । आफू त्यसै कामका लागि एक हप्तादेखि भूमिसुधार मन्त्रालय र केन्द्रीय नापी विभागमा धाइरहेको प्रमुख बोहराले बताए । जग्गा दर्ता गराई लालपुर्जा वितरण गर्नका लागि आफू निरन्तर खटिरहेको भन्दै बोहराले अब छिट्टै वडावासीलाई लालपुर्जा वितरण गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy