Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने छ : गृह मन्त्री

 

\"\"काठमाडौँ । संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ ।

‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को आज उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिए । उनले भने, “सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।” विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका कर्मचारीको भत्ता र सुविधा बढाउन विभिन्न योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “देशभित्र औद्योगिक सुरक्षामा खटिँदा होस् वा जलविद्युत् आयोजनाको सुरक्षामा खटिँदा सोबापत ती संस्थाबाट थप रकम त्यहाँ खटिने बलका कर्मचारीले पाउने व्यवस्था गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।” बलले शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेश पाएकाले सो क्रममा आएका समस्या र समाधानका उपायबारे सम्मेलनमा गहन छलफल हुने उनले विश्वास व्यक्त गरे । त्यस्तो छलफलले बलको नयाँ रणनीतिक योजना विकास गर्ने एवं आवश्यक कार्यनीति तय गर्ने उनको भनाइ छ । मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । केहीअघिको बाढीपहिरोमा राहत तथा उद्धारमा र स्थानीय निकायको निर्वाचनमा शान्तिसुरक्षा दिन सशस्त्र प्रहरी बलले खेलेको भूमिका सराहनीय रहेको गृहमन्त्रीले बताए । कार्यक्रममा बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठन व्यवस्थापन, नीति, रणनीति तय गर्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy