Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यमनमा हैजाकाे प्रकाेप, मृत्यू हुनेकाे संख्या २ हजार पुग्याे

 

\"\"साना । यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ ।

गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको समाचारमा उल्लेख छ । यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल आठ लाख ६२६ जना विरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सञ्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ । मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ । हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै दश लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो । यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् । त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् । अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सेवाको समेत अभाव छ । हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन् । यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोग र बालबालिकामा कुपोषणको अवस्था देखिएको छ । तर दाताहरुको ध्यान भने यथोचितरुपमा ती क्षेत्रहरुमा पुग्न नसकेको बताइएको छ । सिन्ह्वा

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies