Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

अमेरिकी धम्की विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्छ : किम जाेङ उन

 

\"\"प्योङयाङ । उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएको समाचार छ ।

उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो । उसले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी दिइएको थियो । सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको छ । साथै सो परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर अमेरिकामाथि कैयौँ क्षेत्रमा कडा खालको नाकाबन्दी पनि लगाएको छ । तर उक्त नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा सम्बद्ध अधिकारीहरुलाई आदेश दिएको बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कस् पार्टीको सातौँ साधारण बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाली वरिष्ठ नेता किम जोङ उनले सो निर्देशन दिएका हुन । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथि शसक्त कारबाही गर्ने जनाएका बेला त्यस्तो धम्कीका विरुद्धमा उत्तर कोरियाले अझ शक्तिशाली आणविक विकास गर्नुपर्ने भन्दै नेता उनले सो आदेश दिएको बताइएको छ । उक्त बैठकमा सहभागी वर्कस पार्टीका नेता, उच्च सरकारी अधिकारी तथा मिसाइल बैज्ञानिकहरुलाई उहाँले सो आदेश दिएको सो समाचार समितिले जानकारी दिएको छ । उत्तर कोरियाले सेप्टेम्बर ३ मा गरेको हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । सो परीक्षणपछि अमेरिकाले दिएको धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित नै हुने जनाएको थियो । उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गरेको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी पनि हालै दिएको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies