काँकडभिट्टा । जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो । अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान गरिएको छ । जिल्ला अदालतका पाँचैजना न्यायाधीश निर्वाचन आयोगको तालिममा गएका बेला श्रेस्तेदार इन्द्रहाङ योङहाङले गरेको थुनछेक बहसपछि डेढ करोड रुपैयाँ धरौटी रकम माग गरिएको थियो । सोही रकम बझुाउन नसक्दा उनी कारागार चलान भएको श्रेस्तेदार योङहाङको भनाइ छ । यसअघि नै अपहरण प्रकरणमा संलग्न भनिएका राजु आचार्य, अजर राई, राजु कुँवर र जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन नायब सुब्बा तेजिन्द्र न्यौपाने धरौटी रकम बुझाएर सादा तारखेमा छुटिसकेका छन् । विष्टले २०७३ माघ १३ गते विर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक बनाएर जग्गा हडपेको भन्दै इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले अन्यलाई पक्राउ गर्न सफल भए पनि पत्रकार पुजन आचार्य भने फरार रहेका थिए । अदालतबाट आरोप पुष्टि भए मानव अपरहण तथा शरीर बन्धक मुद्दामा सात वर्षदेखि १५ वर्षसम्म जेल र रु ५० हजारदेखि दुई लाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको श्रेस्तदार याङहाङको भनाइ छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: