Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

उम्मेदवार सिफारिसमा पुरानै अनुहार हावी

\"\"दाङ । प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवारहरु छान्न जिल्ला स्तरमा राजनीतिक दलहरुलाई भ्याइ नभ्याइ भएको छ । भरखरै मात्र स्थानीय निर्वाचन र उम्मेदवारले पारेको प्रभावले दलहरुलाई संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवार छान्न सकस समेत देखिएको छ । आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको चुनावका लागि  राजनीतिल दलहरुले आफना तर्फका उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्न थालेका छन । तीन प्रमुख राजनीतिक दलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेले आफना सम्भावित उम्मेदवारहरुलाई केन्द्रमा सिफारिस गरेको जनाएका छन । तिनै दलका सम्भावित सिफासिर उम्मेदवारमा पुरानै अनुहारको हावी देखिएको छ । केन्द्रमा जाने तीनै दलका सम्भावित उम्मेदवारहरुमा विगत देखिनै नेतृत्वमा रहेका पुराना अनुहारहरु बढि रहेका छन । काँग्रेसले क्षेत्रीय समितिले सिफारिस गरेका सबै नाम केन्द्रमा पठाएको छ भने एमाले माओवादीले जिल्लाले हेरफेर गरेर केन्द्रमा नाम पठाएको वताएको छ । काँग्रेसले प्रतिनिधि र प्रदेश सभाको लागि संभावित क्षेत्रवाट आएका नामहरु नै केन्द्रमा पठाएको कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिए । काँग्रेस जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका तीन निर्वाचन क्षेत्र र प्रदेशसभाका छ वटा निर्वाचन क्षेत्रवाट पार्टी केन्द्रीय समितिलाई नाम पठाइसकेका वताए । काग्रेसले संघ र प्रदेशका लागि प्राय पुरानै अनुहारलाई सिफारिस गरेको छ । पुर्व मन्त्री देखि वर्तमान सासद सम्मका पुरानै नामलाई सिफासिर गरेर पठाएको छ । दाङ काग्रेसले केन्द्रका लागि भ्रष्टाचार केशमा जेल जीवन विताएका पूर्व मन्त्री खुम बहादुर खडकासहित, दिपक गिरी, वर्तमान राज्य मन्त्री डिल्ली बहादुर चौधरी, सासदहरु राजु खनाल, अनिता देवकोटा, बुद्धिराम भण्डारी, शिला शर्मा खडका, शुशीला चौधरी पार्वती डिसी चौधरी, पुर्व सासद कृष्ण किशोर घिमिरे लगायतका नाम सिफारिस गरेको छ । त्यसै गरेर पुर्व जिल्ला सभापति घनश्याम रेग्मी, विरकेश्वरी गौतम, वर्तमान जिल्ला सभापति कृति बहादुर खडका सचिव शंकर डागीको नाम सिफासिरमा राखिएको छ । एमाले दाङले पुर्व मन्त्री तथा उपाध्यक्ष युवराज ज्ञवाली, पुर्व मन्त्री शंकर पोख्रेल, सासद शारदा स्वर्णकार, भागवत विश्वासी, अनारकली मिया, पुर्व जिल्ला अध्यक्ष जोग बहादुर राना, केन्द्रीय सदस्य मेटमणि चौधरी, जिल्ला अध्यक्ष टिकाराम खडका, सचिव हिराचन्द्र केसी लगायतको नाम प्रत्यक्ष सिफारिस गरेको छ । माओवादी केन्द्रले पनि पुरानै अनुहारहरुलाई अघि सारेको छ । माओवादीका सह इन्चार्ज निर्मल आचार्यका अनुसार परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा, पुर्व सभासद कुवेर ओली, इन्द्रजित थारु, नारायण शर्मा पौडेल, सह इन्चार्ज निर्मल आचार्य, जगप्रसाद शर्मालाई अघि सारेको छ । माओवादी— एमाले तालमेलको सहमति भए पनि दुइ दलले छुट्टा-छुट्टै उम्मेदवार सिफारिस गरेका छन । यति सम्मकी कृष्ण बहादुर महरा र शंकर पोख्रेल एउटै क्षेत्रबाट सिफारिस भएका छन । २०७० सालको संविधान सभाको निर्वाचनमा शंकर पोख्रेल स्थानीय काग्रेस नेता संग पराजित भएका थिए । भने महराले २०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । यि दुबै जनाले दाङ क्षेत्र नं २ रोजेका छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy