Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

वाम एकता दक्षिणपन्थी र वैद्य रुढीवादी हुन : विप्लब

\"\"पोखरा ।  नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वले वामगठबन्धनलाई दक्षिणपन्थी र मोहन वैद्यलाई रुढीवाढी भन्दै दुवैको बिरोध गरेको छ । वैद्यसँग एकता गर्न भनेर बोलाइएको केन्द्रीय समिति बैठकमा उनको ‘रुढीवादी चिन्तन’को आलोचना भएपछि एकता भाँडिएको हो । माओवादीबीच पार्टी एकताको व्यापक चर्चा भइरहेका बेला बसेको बैठकले क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने निर्णय गरेको छ । विचार र चिन्तनमा मोहन वैद्य “किरण”मा संकीर्णता र रुढीवाद जब्बर रहेकाले तत्काल पार्टी एकताको आधार नबनेको ठहर गरिएको एक नेताले बताए । पोखराको लुम्लेमा मंगलबार सम्पन्न पाँचौं पूर्ण बैठकले पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत “संसदीय चुनाव खारेज गरौं, क्रान्तिकारी ध्रुवीरकणलाई तीब्र पारौं” शीर्षकको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ । बैठकमा महासचिव विप्लवले एमाले-माओवादी र नयाँ शक्ति गठबन्धनलाई दक्षिणपन्थी, अवसरवादी, प्रतिक्रान्तिकारी गठवन्धन भन्दै संसदीय व्यवस्थाको संकटको परिणति भनेका थिए । बैठकले महेन्द्रीय राष्ट्रवाद र संसदीय राष्ट्रवादले देशलाई स्वाधीन बनाउन नसक्ने निष्कर्ष निकालेको छ । एमाले-माओवादी केन्द्र र नयाँ शक्तिको एकता र त्यस पश्चात् पार्टीको नाम नेकपा नै राख्ने चर्चा भइरहेका बेला पार्टी नाम नबदल्ने र नाम जुधाएर राखे पनि आपत्ति नहुने अनौठो मानसिकतामा सो पार्टी पुगेको एकजना पोलिटब्यूरो सदस्यले बताए । चुनाव खारेज नेकपाले सरकारद्वारा घोषित संसदको चुनाव खारेज गर्ने औपचारिकनिर्णय पनि गरेको छ । नेकपाले ‘राष्ट्रियस्तरका भ्रष्टाचारीको’ घर घेर्ने र ती भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने कार्यक्रम समेत घोषणा गरेको छ । सार्वजनिक कार्यक्रमसहित घर घेर्नेहरुको सूची समेत बनाइएको पार्टीले जनाएको छ । उसले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्का, कर फछ्र्यौर्ट आयोगका निलम्वित प्रमुख चुडामणि शर्मा, व्यापारी अजय सुमार्गी, जनमैत्री अस्पताल, चन्द्रागिरी केबुलकारका मालिक चन्द्र ढकाललगायत छन् । असोज २१ देखि २३ गतेसम्म चलेको सो बैठकले कात्तिक १ गतेदेखि राजनीतिक अभियान शुरु गर्ने निर्णय पनि गरेको छ । उता वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला पनि पोखरामै जारी छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy