वैज्ञानिक शिक्षामा केन्द्रित नहुने शिक्षकलाइ कार्वाही गरिने
आश्विन २४ गते, २०७४ मगलवार 10th October, 2017 Tue१७:४२:४६ मा प्रकाशित
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले कक्षामा नियमित उपस्थित नहुने, दलको झोला बोक्ने शिक्षकहरुलाई कार्बाही गर्ने निर्णय गरेको छ ।
सो संगठनले जनवादी, वैज्ञानिक र प्राविधिक सीपयुक्त शिक्षाको विकासका लागि केन्द्रित हुने बताउदै केन्द्रीय समितिको बैठकले शैक्षिक पुनसंरचना, संगठन बिस्तार र शिक्षकहरुको पेशागत अधिकार प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको हो ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता दिनानाथ शर्माले देशप्रति माया र सेवा गर्ने भावनाको शिक्षा दिन शिक्षकहरुसँग आग्रह गरे । हामीले मिहिनेत गरेर उत्कृष्ट बनाएका विद्यार्थीहरु आज अमेरिका र युरोपको सेवा गरिरहेका छन् । उनले भने, ‘अब हाम्रा उत्कृष्ट विद्यार्थीहरुलाई दक्ष बनेर मुलुककै सेवा गर्ने भावनाको शिक्षा दिनुपर्छ ।’ आफू शिक्षामन्त्री बनेको बेला पहिलो पटक १०० विद्यालयबाट प्राविधिक शिक्षा दिन शुरु गरेको र प्रत्येक वर्ष त्यति नै संख्या वृद्धि गर्दैै लग्ने निर्णय गरेको स्मरण गराए ।
अस्थायी शिक्षक समस्या समाधान भन्दापनि त्यसलाई लम्बाएर राजनीति गर्न दलहरु क्रियाशिल रहेको उनको आरोप थियो । मुलुकलाई माया र सेवा गर्ने दक्ष नागरिक उत्पादन नै जनवादी शिक्षा भएकाले अबको शिक्षाको दिशा सोहीतर्फ हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवं शिक्षक फ्याक्सन इन्चार्ज पुष्पविक्रम मल्लले शिक्षक संगठनले अब शैक्षिक सुधार र पेशागत आन्दोलन सँगसँगै अघि बढाउनुपर्ने बताए । शिक्षकहरु लामो समय ट्रेडयुनियन अधिकारको प्राप्तिमा मात्रै केन्द्रित रहँदा सार्वजनिक शिक्षाको स्तर खस्कीएको भन्दै मल्लले अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्तिको शुरुवात गर्नुपर्ने बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटाले अब संगठन वैज्ञानिक र जनवादी शिक्षाको पक्षामा क्रियाशील हुने बताए । ‘हाम्रो संगठनले टे«डयुनियन अधिकारलाई शैक्षिक रुपान्तरणसँग जोडेर अघि बढाउँछ,’।
संगठनको केन्द्रीय समितिको बैठकले आगामी फागुन ४, ५ र ६ मा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि आगामी माघ ४ गते १ नम्वर प्रदेशको, ६ गते २ नम्बर प्रदेशको र माघ २० गते ३ नम्बर प्रदेशको सम्मेलन गर्ने निर्णय संगठनले गरेको छ । साथै, माघ २० गते नै ४ नम्बर प्रदेशको, १६ गते ५ र ६ नम्बर प्रदेशको तथा माघ ८ गते ७ नम्बर प्रदेशको सम्मेलन गर्ने निर्णय संगठनले गरेको छ ।
शिक्षक नेताहरु प्रवेश
संगठनको केन्द्रिय समितिको वैठकमा अखिल नेपाल शिक्षक संगठनकी उपाध्यक्ष चेतना रेग्मी, कोषाध्यक्ष एवं नेपाल शिक्षक महासंघका केन्द्रिय सचिव शान्ति ढकाल एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन । साथै, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष लिला तामाङ, नयाँ शक्ति पाटी निकट नेपाल शिषक समाजका सचिवालय सदस्य जमुना थापा लगायत एक दर्जन शिक्षकहरु संगठनमा प्रवेश गरेका छन् ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: