पाँचथर । वैदेशिक रोजगारीमा गएकामध्ये पाँचथरबाट मात्र यो वर्ष १६ जनाको ज्यान गएको छ ।
मृतकमध्ये एकजना युवती र १५ जना युवा रहेका छन् । गत आर्थिक वर्षभरिमा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा गएका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय, पाँचथरले जनाएअनुसार सबैभन्दा बढी १२ जनाको साउदी अरबमा मृत्यु भएको छ । दुबईमा दुईजना, कतार र दक्षिण कोरियामा एक÷एक जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा जयकुमार राई, कतारमा राजकुमार नेम्वाङ, दुबईमा रञ्जित खपाङ्गी, राजकुमार नेपाली र साउदी अरबमा अमित राई, राजकुमार सुहाङ, लोकबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, ललित राई, मेघराज राई, वीरबहादुर विश्वकर्मा, चन्द्रहाङ आङबो, रणबहादुर खेवा, मदनकुमारी तुम्बापो, बलबहादुर सारु मगर र सुजन राईको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ । मृतकमध्ये १४ जनाको परिवारलाई कम्पनीले मृतकले पाउन बाँकी भनी पठाएको तलब रु २९ लाख ६६ हजार ५ सय २१ भुक्तानी दिइएको जिल्ला प्रशासन कार्यालय, पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिए । जिल्लाको हिलिहाङ गाउँपालिका–७ घर भएका मृतक चन्द्रबहादुर तामाङ र सुजन राईको परिवारले भने कम्पनीले पाउन बाँकी पठाएको तलब लिन बाँकी रहेको बताइएको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: