काठमाडौँ । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् ।
विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको छ । विश्वका १५० देशका करिब २० हजार युवाको सहभागिता रहने र नेपालबाट सबैभन्दा बढी ३०० युवा सहभागी हुने नेपालस्थित रसियन राजदूतावासले जनाएको छ । रसियन राजदूतावासको सहयोगमा ती युवा विद्यार्थी तथा युवा नेता रसिया जान लागेका हुन् । दूतावासले निःशुल्क प्रवेशाज्ञा र कार्यक्रम अवधिभर बस्न खानको व्यवस्था गरे पनि सहभागाी युवाले त्यहाँसम्म जाने आउने हवाई भाडा भने आफैँले बेहोर्नेछन् । नेपालको तर्फबाट कार्यक्रमको व्यवस्थापन गरेका युवा व्यवसायी एवं विद्यार्थी नेता रमेश सिलवालकाअनुसार आज र भोलि सम्ममा सबै युवा रसिया पुगिसक्नेछन् । सिलवालको जिम्मामा मात्रै १५० युवालाई दूतावासले प्रवेशाज्ञा दिएको छ । कार्यक्रममा जाने युवामा विभिन्न राजनीतिक दल निकट भातृ संस्थाका युवा विद्यार्थी नेता, केही पत्रकार, अधिवक्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसमेत छन् । विश्वभरका युवा विद्यार्थीलाई एउटै थलोमा उतारेर युवाको विचार आदन प्रदानका साथै क्षमता अभिवृद्धिमा कार्यक्रमले सहयोग पुग्ने सिलवालले बताए । त्यहाँ जम्मा हुने युवाले आ–आफ्नो देशको प्रस्तुति दिनेछन् । नेपालबाट धेरै युवालाई सहभागीता जनाउने अवसर दिनपाएकोमा दुतावासले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली युवाका लागि यस्तै कार्यक्रम आयोजना गरिने जनाएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का प्रचार विभाग सचिव समेत रहेका चितवनका २९ वर्षीय सिलवाय वेलायतमा चार्डर एकाउन्टेन्ड कोर्ष गरी तीन वर्षअघि नेपाल फर्किएर युवा सशक्तिकरण अभियानमा लागेका छन् । आमन्त्रण र निवेदनको आधारमा दूतावासले सहजै प्रवेशाज्ञा दिएको बताउने सिलवाल यो कार्यक्रमबाट १५० देशको अनुभव, संस्कार बुझ्नुका साथै नेतृत्व विकासका लागि उपयोगी हुने बताउछन ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: