Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

यौन दुर्व्यवहारका कारण चलचित्र निर्माताको सदस्यता खारेज

\"\"हलिउडका गन्नेमान्ने चलचित्र निर्माता हार्बी वाइन्सटिनमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि ओस्कारका आयोजकहरुले उनको भुमिका अब के हुने भन्नेबारे आपतकालीन बैठक गर्दैछन्। मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइन्सटिनविरुद्धका यौन दुर्व्यवहारका आरोपहरु घृणित भएको बताएको छ। वाइन्सटिनले भने आफूमाथिका अभियोगहरुको कडा रुपमा प्रतिवाद गरेका छन्। ब्रिटिश एकेडेमी अफ फिल्म (बाफ्टा) ले उनको सदस्यता निलम्बन गरिसकेको छ। प्रहरी प्रशासनले त्यसबारे थप विवरण उपलब्ध गराएको छैन। वाइन्सटिनको मिराम्याक्स र वाइन्सटिन कम्पनीले निर्माण गरेको ८१ वटा चलचित्रहरुलाई ओस्कार दिएको युएस एकेडेमीले शनिबार उनीमाथि लागेको आरोपबारे छलफल गर्ने भएको छ। एनजेलिना जोली र गुइनथ प्याल्ट्रोसहित चर्चित केही अभिनेत्रीहरुले चलचित्र निर्मातामाथि लागेको अभियोगबारे बोलेका छन्। वाइन्सटिनले अनुचित ढंगले व्यवहार गरेको भन्दै आरोप लगाउने ब्रिटेनकी अभिनेतृ तथा मोडल कारा डेलिभिन हुन्। एउटा विज्ञप्तिमा उनले वाइन्सटिनले आफूले होटलको कोठा छोड्न लाग्दा आफूलाई चुम्बन गर्ने प्रयास गरेको बताइन्। उनले भनिन्,मैले एकदमै शक्तिहीन महसुस गरेँ र डराएँ । द न्यू योर्कर पत्रिकाले आफूमाथि लगाएको बलत्कारको अभियोग मंगलबार वाइन्सटिनले अस्वीकार गरेका छन् । सोही दिन उनकी श्रीमतिले उनलाई छोड्न लागेको बताएकी थिइन्। बुधबार अमेरिकाका अभियोजनकर्ताहरुले एकजना महिलाले सन् २०१५ मा वाइन्सटिनले आफूलाई गरेको व्यवहारविरुद्ध उजुरी दिएपछि उनीहरुले वाइन्सटिनविरुद्ध कुनै कारबाही नगर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। इटलीकी २२ वर्षीय मोडलले पनि वाइन्सटिनले आफूलाई अनुचित ढंगले छोएको भन्दै प्रहरी कहाँ पुगेकी थिइन्। म्यानह्याटनको महान्यायाधिवक्ताको कार्यालयले उजुरीकर्ता र वाइन्सटिनबीच भएको गुप्त अडियो अपराध प्रमाणित गर्नका लागि पर्याप्त नभएको बताएको छ। विविसी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: