Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सगुनले मोबाइल एप सार्वजनिक गर्ने

\"\"वासिङ्टन डीसी । सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने जनाएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ। यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट/डेविट कार्ड, एसीएच्, बैंक तथा चेकमार्फत् हुने भुक्तानीबाट स्वीकार गरेको छ। सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ । यसमा लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्ने व्यवस्था उपलब्ध छ । सगुनमा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन्। तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन्।  पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैकसम्म पुगेर बैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए । यस चरणमा क्रेडिट/ डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि लगानीकर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानि गर्न छुटेकाले पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ। सगुनले  मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरिरसकेको छ । यो एप सबैले रुचाउने एप हुने सगुनले विश्वास गरेको छ । सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ । सगुनका  प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, “ बिश्वभर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताका कतिपय समस्याहरुको समाधान गर्न र प्रयोगकर्ताका आवश्यकतालाई ध्यान दिने कम्पनीको रुपमा आफूलाई विकास गर्न लागिपरेका छौ ।\"हामीले पृष्ठभूमिमा काम गर्ने प्राविधिक पूर्वाधार तयार गरेका छौं जसले लाखौं प्रयोगकर्ताहरुको वेब ट्राफिक, किनबेच तथा अन्य सेवालाई सहजै धान्न सक्छ ।\" गीरीले भने ‘ सगुन ’ भन्ने शब्दको मूल संस्कृतको ‘ सकुना ’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy