ईमेज च्यानलका दाङ पत्रकार सागर ओली भ्रष्टाचारमा संलग्न
आश्विन २७ गते, २०७४ शुक्रवार 13th October, 2017 Fri१५:२४:१० मा प्रकाशित
दाङ । ईमेज टेलिभिजनमा दाङ जिल्लाबाट स्टिन्जरको(फोटो,भिडियो समाचार पठाए अनुसारको भुक्तानी पाउने) रुपमा काम गर्ने सागर ओलिले ईमेज टेलिभिजनको फर्जी बिल तथा सम्झौतापत्र दुरुपयोग गरी बिभिन्न सरकारी निकायबाट ईमेजको नाममा लाखौं रकम आफ्नो खातामा हालेको भेटिएको छ ।
उनले ईमेज टेलिभिजनको राप्ती अञ्चल प्रमुख भनी बिभिन्न सरकारी निकायहरुबाट डकुमेन्ट्री बनाई अलगधार कार्यक्रममा प्रसारण गर्ने भन्दै १ लाख ४९ हजार१ सय ६० रुपैयाँ मध्यमा १७ हजार १ सय ६० रुपैयाँ भ्याट कट्टा गरी १ लाख ३२ हजार भुक्तानी लिएको भेटिएको छ ।
अलगधार कार्यक्रममा प्रशारण हुने कुनैपनी समाचार, कार्यक्रम प्रशारण गरेबापत कुनैपनी रकम तिर्नु पर्दैन । ईमेज च्यानल म्यानेजमेन्टका अनुसार सागर ओलि घोराहिका स्टिन्जर हुन भने दाङ जिल्लाका ईमेज टेलिभिजनका आधिकारीक संबाददाता बिबेक खड्का हुन ।
उक्त टेलिभिजनको म्यानेजमेन्टले दाङमा डकुमेन्ट्री निर्माणकोलागी कुनैपनी सम्झौता गरेको र भुक्तानी गरेको आफुहरुलाई थाहा नभएको जानकारी दिएको छ । म्यानेजमेन्टले त्यस्ता खालका गतिबिधी गर्ने, टेलिभिजनकै आडमा रकम असुल्नेलाई आन्तरिक कारबाही गरी निकाल्ने तयारी भइरहेको जनाएको छ ।
उनलाई नेपाल बैंक दाङबाट चेक/रसिद नंबर ७८३०२७५४ बाट २०७३-०३-२५ गते भुक्तानी भएको थियो । त्यस्तै ओलिले लक्ष्मी ड्राभिङ सेन्टर तुल्सिपुरबाट राहत बितरणको नाममा ईमेज टेलिभिजनको फर्जी बिल बनाई रकम असुलेको भेटिएको छ । सो रकम भुक्तानी, सम्झौता गर्ने तत्कालिन जिविसका स्थानिय बिकास अधिकारीलाई संपर्क गर्ने प्रयास भईरहेको छ ।
दाङ जिल्लामा पत्रकारको नाममा हिँड्ने सागर ओलि कुनै समय राष्ट्रिय अनुसन्धान बिभागमा गुप्तचरको जागिर खाएका ब्यक्ती हुन ।गुप्तचरी निकाएमा लागिसकेको ब्यक्ती पत्रकारितामा लाग्न मिल्दैन । देशको कुनैपनी गुप्तचरीमा लागेको ब्यक्तीले संवेदनशिल सुचना बाहिर निकालेमा, प्रयास गरेमा देशद्रोहको मुद्दा लाग्ने स्पष्ट कानुन छ ।
पत्रकारीता भनेकै संवेदनशिल सुचना ल्याउने एउटा माध्यम हो । संकटकालको बेला उनले जागिर छोडेर भागेका थिए । भगौडा गुप्तचर ओली ईमेज च्यानल प्रेस लेखेर हिँड्छन । छोरा-छोरी श्रीमती सबैलाई उनले पत्रकार हौँ भन्दै माइक समाएर प्राय प्रहरीका ठुला अधिकारीसंग टाँसिएर फोटोसेसन गरेको फोटो फेसबुकमा राखेर ब्यापारी धम्काउने गरेको स्रोतले बतायो ।
फाेटाेमा गतिविधि प्रेस र मिडियाकै नामको फर्जी बिल बनाएर पैसा उठाएका ओलिले जलजला खबर नाम गरेको पत्रीका समेत सञ्चालनमा ल्याएका छन । यस काण्डको थप अनुसन्धान ओएसनेपालले गरिरहेको छ । News24online News सन्दिप योगी
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: