Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बुबा आमाको हत्या योजनाबद्ध रुपमा गराईएको हो : छोरी निर्मला

\"\"दैलेख । सामान्य लेनदेनकाे विवाद क्रुर र अमानवीय तरिकाले हत्या भएको भन्दै मृतकका आफन्तले दोषीलाई फाँसीको सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराऊ गरेका छन् । भगवतिमाई गाउँपालिका वडा नं ७ बडाभैरवमा सामान्य लेनदेनको बिषयमा बिबाद हुँदा दम्पतिलाई धारिलो हतियार प्रयोग गरी ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो ।
हत्या योजना बद्ध भएको भन्दै मृतकका आफन्तले दैलेख सदरमुकाममा प्रर्दशन गरेका हुन् । हत्या योजनाबद्ध र धेरैको संलग्नता भएको भन्दै पीडित परिवारले १५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा किटानी जाहेरी दिएका छन् । आमा र बाबुलाई आँसिले काटेको र भाईलाई घाँटीमा हानेको प्रत्यक्ष घटना देखेकी मृतक जयबहादुर सिंहकी छोरी निर्मलाले रुदै भनिन्, ‘बुबा आमाको हत्या योजनाबद्ध रुपमा गराईएको हो । बुवाले म बिरामी भएकोले उपचारका लागि रकम माग्न जानु भएको हो ।’ मतृक सिंह परिवार पहिला कालिकोट जिल्लामा बस्ने भएकोले पनि उनीहरुको आफन्त धेरै नभएकोले उनीहरुले समाजमा बस्ने असजिलो भएको अन्य परिवारको आरोप छ । मृतकका आफन्तहरुले दिनभर दैलेख सदरमुकाममा प्रर्दशन गर्दै हत्यामा संलग्न सबैलाई फाँसीको सजाए हुनुपर्ने माग गरेका छन् । मृतक जयबहादुर सिंहका १६ वर्षीय छोरा दीपक सिंह गम्भीर घाइते छन् । घाइते भएका दीपकको धारिलो हतियारले घाँटी रेटिएको थियो । उनलाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । दम्पति हत्यामा संलग्न रहेका स्थानीय २१ वर्षीय मनोज खड्कासहित अन्य पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक एकेन्द्र खड्काले जानकारी दिए । घटना निकै अमानवीय तवरले घटेको भन्दै दैलेखका प्रहरी प्रमुख सरोज पौड्यालले बिस्तृत अनुसंन्धान गरेर सबै दोषीलाई कारवाहीको दायरामा ल्याउने बताए । छोरी निर्मलाकाे बयान बुवाले म बिरामी भएकोले उपचारका लागि पैसा माग्न जानु भएको थियो । सामान्य भनाभन मात्र भएको घटनापछि पहिला दुई जना केटाहरु आएर मृतक जयबहादुरलाई गाली गरे । केही समयपछि फेरी दुई जना आएर बुबालाई हान्न थालेपछि म आफै बुबालाई घर पछाडि पठाएको र ममीलाई बोलाउन अर्काको घरमा गएको बेला बुबालाई धारा नजिक धारीलो हतियारले हानेर काटेका थिए । पछि बुबालाई उठाउन गएकी मम्मीलाई पनि मारे, पछि छोरा, छोरी सबैलाई मार्नुपर्छ भन्दै खोजे भाईलाई पनि घाँटीमै हाने म आत्तिदै गएर घरभित्र आग्लो लगाएर नलुकेको भए मलाई पनि मार्ने थिए । घटना घट्दा करिव पाँच देखि सात जना मानिसहरु त्यहाँ थिए, अन्य बाहिर हेरिरहेका थिए, कतिपयले ठिक भयो भन्दै थिए । बुबा आमाको हत्या योजनाबद्ध रुपमा गराईएको हो । दोषीलार्इ कडाभन्दा कडा कारवाही हुनु पर्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy