Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रहरीलाई रेडक्रसको सामग्री सहयोग

 

\"\"चितवन । नेपाल रेडक्रस सोसाइटी चितवनले राजमार्ग र सडक खण्डमा सवारी दुर्घटना हुँदा उद्धारका लागि आवश्यक सामग्री इलाका प्रहरी कार्यालय मुग्लिनलाई हस्तान्तरण गरेको छ ।

जापानिज रेडक्रस सोसाइटीको सहयोगमा प्राप्त ती सामग्री सोमबार रेडक्रसका सभापति ज्ञानशाली न्यौपानेले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमाललाई हस्तान्तरण गरिएकाे हो । सो अवसरमा सडक दुर्घटना हुँदा तत्काल उद्वारमा सहयोग पुग्ने सामग्री हस्तान्तरण गरिएको थियो । न्यौपानेका अनुसार हस्तान्तरित सामग्रीमा डाइनामिक डोरी, हाइलोजिन सर्च लाइट, जुमर, सिट हारनेश, फिगर अफ एट, लक क्याराबिनर, हाते पञ्जा, पुल्ली, हेडलाइट, हातेमाइक, स्ट्रेचर, लाइफ ज्याकेट, ब्याक बोड, थ्रो ब्याग, हेलमेटलगायत १५ किसिमका रु दुई लाख ९६ हजार बराबरका सामग्री छन् । ती सामग्री नदीमा खसेका सवारी साधनको उद्धार र खोजीका साथै सडकमा हुने सवारी दुर्घटनामा सहयोगी हुने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक हमालले सामान्य दुर्घटनामा पनि कम मूल्यका तर अतिआवश्यक सामग्रीको अभावमा विपत् व्यवस्थापन एवं उद्धारमा कठिन हुँदै आएको बताए । सो अवसरमा साविकको दारेचोक गाउँपालिकाका नौ वडामा गठित विपत् व्यवस्थापन समितिलाई पनि विपत् व्यवस्थापनमा आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको थियो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: