चितवन । जर्मनेली स्वयम्सेवी महिलाको पहलमा जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने ‘आइ क्याप फोर चितवन’ अभियान शुरु गरिएको छ ।
पटक पटक नेपाल घुम्न आएकी जर्मनेली स्वयम्सेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर–९ को अगुवाइमा सो अभियान शुरु गरिएको हो । ‘बिना दृष्टि अधूरो सृष्टि’ भन्ने मूल नारासहित परीक्षण परियोजनाका रुपमा जिल्लाका आठ ग्रामीण र विकटस्थलमा अभियानअन्तर्गत बृहत् निःशुल्क आँखा शिविर शुरु गरिएको छ । अभियान रत्ननगरका तीन स्थान, कालिका नगरपालिकाका दुई तथा भरतपुर महानगर, राप्ती नगरपालिका र माडी नगरपलिकाका एक एक स्थान गरी आठ स्थानमा शिविरमार्फत आँखाको परीक्षण शुरु गरिएको हो । सोमबार रत्ननगरको जिरौनामा दुई सय ५६ जनाको आँखाको परीक्षण र समस्या देखिएकालाई उपचार गरेर अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिको आँखा परीक्षण गरिनेछ । एक दिन बिराएर आठ ठाउँमा पहिलो चरणमा शिविर गरिने छ । काट्रियले आफू नेपालका विभिन्न ठाउँमा घुम्न आएकामा सबैभन्दा धेरै चितवनमा आँखाका समस्या भएका बिरामी भेटेको भन्दै जर्मनीमा विभिन्न नागरिकबाट सहयोग तथा चन्दाबाट संकलित रकमबाट शिविर शुरु गरिएको बताए । अभियानका संयोजक तथा पुनःस्थापना केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बिरामीको समस्या पहिचान गरी उपचार गर्ने र शिविरमार्फत निःशुल्क चश्मादेखि औषधि वितरण र सबै उपचार खर्च बेहोरिने व्यवस्था मिलाइएको बताए ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: